Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

महानगरभित्रका पूर्वाधार अपाङ्गतामैत्री: महानगर प्रमुख आचार्य


गण्डकी। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरले निर्माण गर्ने पूर्वाधार अपाङ्गतामैत्री बन्ने बताएका छन् । ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाद्वारा आयोजित कार्यक्रममा उनले महानगरले आगामी दिनमा निर्माण गर्ने सबै संरचना अपाङ्गतामैत्री बन्नेमा जोड दिए ।

यस दिवसले अपाङ्गताका क्षेत्रमा भएका समस्या पहिचान गरी र समाधान गर्नेतर्फ ध्यान केन्द्रित गर्ने उनको भनाइ रहेको छ । “महानगरबाट विनियोजन हुने रकमलाई कार्यविधि बनाएर प्राथमिकताका आधारमा वितरण गरिने छ”, उनले भने । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुरुङले अपाङ्गता भएकालाई हेर्ने व्यवहार, सोच र दृष्टिकोण परिर्वतन हुनुपर्नेमा जोड दिँदै समाजले अपाङ्गता भएका व्यक्तिलाई गर्ने व्यवहारले धेरै प्रभाव पार्ने उल्लेख समेत गरेका छन् । उक्त महानगरले अपाङ्गता भएका व्यक्तिका लागि ऐन, कानुन निर्माण गरेको र केही कमीकमजोरी भए यस क्षेत्रमा काम गर्ने सङ्घसंस्था र व्यक्तिको सुुझावका आधारमा परिमार्जन गरेर जान सकिने उनले बताए ।

अपाङ्गता भएका व्यक्ति वा परिवार पाल्नुुपर्ने महिलालाई उपप्रमुखसँग महिला कार्यक्रम अन्तर्गत सस्तो ब्याजमा ऋण उपलब्ध गराउँदै आएको बताए । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने नाराका साथ आयोजित कार्यक्रमका अवसरमा पोखरा महानगरको गेटबाट पोखरा सभागृहसम्म र्‍यालीसमेत गरिएको थियो ।

उक्त र्‍यालीमा पोखरामा अपाङ्गताको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधि र अपाङ्गता भएका व्यक्तिको सहभागिता थियो भने सो कार्यक्रममा महानगरपालिका अपाङ्गता परिचपत्र वितरण समितिका सदस्य अञ्जना केसी, बालहितकारी परियोजना नेपालका निर्देशक ठाकुरप्रसाद चापागाइँ, डिडा नेपालका संस्थापक अध्यक्ष गिरधारी सुवेदी, हेमोफिलिया सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष गोविन्द भण्डारी, कोपिला नेपालका अध्यक्ष बिना सिलवाल, हरियो खर्क अस्पतालका परियोजना व्यवस्थापक विष्णु गिरी लगायतले अपाङ्गता क्षेत्रमा भएका समस्या लगायतका विषयमा आआफ्ना धारणा राखेका थिए ।


प्रकाशित मिति: १७ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?