Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह


काठमाडौं। प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गरेका छन् ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सांसद सिंहले एनसेलको शेयर खरिदबिक्रीमा कर छली भएको दाबी गरेका हुन् । “जुन कम्पनीको वार्षिक रु ४० अर्बभन्दा बढी आम्दानी छ, त्यो कम्पनी रु साढे छ अर्बमा कसरी बिक्री हुन्छ ? यो पत्याउन सकिन्न”, सांसद सिंहले भने ।

सन् २०१६ मा तत्कालिन माउ कम्पनी स्वीडेनको टेलियासोनेराले एनसेलमा रहेको ८० प्रतिशत शेयर रु एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात रु एक खर्ब ४४ अर्ब ७ करोडमा मलेसियन कम्पनी आजियटालाई बिक्री गरेको थियो,तर अहिले सोही शेयर पाँच करोड डलर अर्थात् रु साढे छ अर्बमा बिक्री गरिएकोप्रति उनले शंका व्यक्त गरेका छन् ।


प्रकाशित मिति: १७ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?