Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

सीमा क्षेत्रमा अवैध गतिविधि रोक्ने नेपाल–भारतका सुरक्षा अधिकारीको प्रतिबद्धता


१६ ,मङ्सिर ,काठमाडौँ । नेपाल तथा भारतका सुरक्षा अधिकारीहरूको संयुक्त बैठक जनकपुरधाममा सम्पन्न भएको छ ।

भारतको मधुवनी जिल्ला र सोसँग सीमा जोडिएका मधेस प्रदेशका चार जिल्लाका सुरक्षा अधिकारीको सहभागितामा भएको बैठकले द्विपक्षीय हकहितका लागि दुई देशका सुरक्षा चासोबारे सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपणि पाण्डेले जानकारी दिए ।

आगामी पुस १ गते जनकपुरमा हुने विवाह पञ्चमी मेलामा आउने तीर्थालुको सहजीकरण, सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप र सुरक्षा चुनौती, मदिरा, हातहतियार ओसारपसार नियन्त्रण, दशगजा क्षेत्रमा अवैधरूपमा बनाइएका संरचना हटाउनेलगायत विषयमा एकअर्कालाई सहयोग गरेर अगाडि बढ्ने निर्णय भएको पाण्डेले बताए ।

नेपालका सबै नाका सवारी आवागमनका लागि खुला नरहेको अवस्थामा दुई देशका जनताबीच रहेको रोटीबेटीको सम्बन्ध, विवाह व्रतबन्धलगायत सामाजिक गतिविधिमा सहजीकरण गर्न दुवै पक्ष सहमत भएका छन् ।

त्यसैगरी, नेपाली भूमितर्फको दशगजामा रहेका सीमास्तम्भको मर्मत तथा पुनःनिर्माण सुरु गरिसकेकाले भारतीय पक्षले चाँडै आफ्नो भागका सीमास्तम्भ मर्मत गर्नुपर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो ।

नेपाल–भारतका सुरक्षा अधिकारीहरुबीच हरेक चार–चार महिनामा संयुक्त बैठक हुने गरेको छ भने सीमासँग जोडिएका जिल्लाका सुरक्षा निकायका प्रतिनिधिबीच हरेक एक–एक महिनामा बैठक बस्ने गरेको छ ।

बैठकमा सप्तरी, सिरहा, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारी तथा भारतको मधुवनी जिल्लाका प्रमुख अरविन्द कुमारलगायत दुवै देशका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।


प्रकाशित मिति: १६ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?