Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

लागूऔषध दुर्व्यसन नियन्त्रणमा समाजका सबै वर्ग लाग्नुपर्ने


१६ ,मङ्सिर ,चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागूऔषध दुर्व्यसन नियन्त्रणमा समाजका सबै वर्ग लाग्नुपर्ने बताएका छन् ।

नारायणी नदी किनारमा सञ्चालित ‘चितवन नारायणी महोत्सव’ को आज समापन गर्दै मन्त्री श्रेष्ठले सरकार र निजी क्षेत्र लागूऔषध नियन्त्रणमा सँगसँगै अघि बढ्नु पर्ने बताए । उनले सरकारले गर्नुपर्ने काम निजी क्षेत्रबाट भएको भन्दै त्यसको प्रशंसा गरे ।

रिकभरिङ युनाइटेड प्रालि र औद्योगिक शान्ति नेपालको आयोजनामा यही मङ्सिर ६ गतेदेखि सुरु भएको महोत्सव आज सम्पन्न भएको हो ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुमनारायण श्रेष्ठले दैनिक लागूऔषध दुव्र्यसनी बढेकामा चिन्ता व्यक्त गर्दै यस्ता कार्यक्रम नियमितरूपमा आयोजना गर्नुपर्नेमा जोड दिए ।

लागूऔषध तथा मद्यपान प्रयोगकर्ताको निःशुल्क उपचार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । रिकभरिङ युनाइटेड प्रालिका अध्यक्ष रविन श्रेष्ठका अनुसार महोत्सवमा अटोमोबिल, कृषि तथा हस्तकला सामग्रीका कक्ष राखिएका थिए ।

निःशुल्क स्वास्थ्य शिविर, नृत्य प्रतियोगिता, लागूऔषध दुव्र्यसनविरुद्ध चेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।


प्रकाशित मिति: १६ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?