Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

हरेक वडा केन्द्रमा इन्टरनेट पुर्याउने योजना प्राथमिकतामा: मन्त्री शर्मा


सल्यान । सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशभरिका सबै वडा कार्यालयसम्म इन्टरनेट पुर्याउने योजनालाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।नेकपा माओवादी केन्द्र बागचौर नगर समितिले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने सरकारको महत्त्वपूर्ण निकाय वडा भएकाले वडाको सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै वडा केन्द्रमा इन्टरनेट विस्तारलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला बनाउन थालिएको जानकारी दिदै उहाँले यसले सल्यानसहितका छिमेकी जिल्लाको सेवामा समेत सुधार आउने बताउनुभयो । सल्यान, दाङ, रुकुमलगायत जिल्लाका लागि जीवनरेखाको रुपमा रहेको राप्ती लोकमार्गको स्तरोन्नति र कालोपत्रे सरकारको प्राथमिकतामा रहेकाले चालु आर्थिक बर्षमा आवाश्यक बजेट विनियोजन गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो ।

सङ्घीयताले जनताको घर नजिकमा सरकार पुर्याएको उल्लेख गर्दै उहाँले यसबाट जनताले शासन होइन सेवा अनुभूति गर्नुपर्ने बताउनुभयो । त्यसका लागि तिनै तहका सरकारबिच समन्वय आवश्यक रहेको बताउनुभयो । मन्त्री शर्माले सबै तहका सरकारबिच आवश्यक समन्वय नहुदा एउटै योजनामा धेरै बजेट पर्ने र कुनै योजनामा बजेट नपर्ने समस्या हल गर्ने तयारी भइरहेको बताउनुभयो । अब संघबाट पाँच करोडभन्दा कम बजेट विनियोजन नगर्ने विषयमा छलफल चलिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

मन्त्री शर्माले स्थानीय आवश्यकताको आधारमा योजना बनाउने काम स्थानीय तहको भएकाले स्थानीय सरकारले जति राम्रो योजना बनाउछ, त्यसका आधारमा सङ्घ तथा प्रदेशलाई सहजीकरण गर्न सहज हुने बताउनुभयो । कार्यक्रमको अध्यक्षता माओवादी केन्द्र बागचौर नगर समिति अध्यक्ष शोभाराम भण्डारीले गर्नुभएको थियो ।


प्रकाशित मिति: १६ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?