Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

महिला र बालिकालाई भारतमा बिक्री गरेको आरोपमा पक्राउ


१६ ,मङ्सिर ,काठमाडौँ । पश्चिम नेपालका सुर्खेत, दैलेखलगायतका पहाडी जिल्लाबाट महिला तथा बालिकालाई भारत लगी बिक्री गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

आकर्षक रोजगारीको प्रलोभन देखाई नयाँ दिल्लीस्थित यौन गतिविधि हुने केन्द्रमा लगी बेचविखन गरेको भन्ने जाहेरी दरखास्तका आधारमा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले बाँकेको बैजनाथ गाउँपालिका–८ घर भएकी ३९ वर्षीया मुना ठकुरी भन्ने मुनाकुमारी मल्ललाई पक्राउ गरेको हो ।

उनलाई काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोले आज सार्वजनिक गरेको छ ।

अनुसन्धानका क्रममा उनले भारतमा घरको सरसफाइमा राम्रो कमाइ हुने प्रलोभन देखाई महिलालाई नेपालबाट लैजाने गरेको र यसरी लैजाँदा ग्रामीण इलाकाका आर्थिक अवस्था कमजोर भएका, कम पढेलेखेका, एकल महिलालाई लक्षित गर्ने गरेको पाइएको ब्यूरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए ।

उनले ती महिलाले भारतको नयाँ दिल्लीमा सञ्चालित यौन गतिविधि हुने केन्द्रमा एक नाबालिकासहित दुई युवतीलाई बेचविखन गरेको खुल्न आएको बताए ।

उनीहरुलाई भने यसअघि नै प्रहरीले उद्धार गरेर नेपाल ल्याइसकेको छ । मल्लकै संलग्नतामा पीडितलाई भारतको दिल्लीबाट अन्यत्र स्थानमा यौन गतिविधिका लागि पठाउने गरेको पाइएको पनि प्रहरीले जनाएको छ ।

पीडित भागेर हिँड्दासमेत पुनःपिछा गरी समातेर सोही गतिविधिमा लगाउने गरेको पनि अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १६ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?