Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

आत्मनिर्भरतातर्फ हिंसा प्रभावित महिला


१६ ,मङ्सिर ,सिरहा । सिरहाको लहानमा घरेलु हिंसाबाट प्रभावित भएका चारजना महिला मिलेर ‘जागरुक दालमोठ भुजिया उद्योग’ सञ्चालन गरी आत्मनिर्भरतातर्फ अग्रसर भएका छन् ।

ओरेक नेपाल सिरहाको वार्षिक व्यवसायिक योजनाअन्तर्गत जनही रु २० हजार गरी कूल रु ८० हजार आर्थिक सहयोगमा दालमोठ भुजिया उद्योग सञ्चालनमा ल्याइएको संयोजक अनिता चौधरीले जानकारी दिईन् । उनका अनुसार हिंसा प्रभावित महिलालाई दिगो आम्दानीमार्फत स्वरोजगार बनाउन उद्योगको अवधारणा अघि सारिएको हो ।

“श्रीमान् र सासू–ससुराबाट घरेलु हिंसामा परेका महिलाको जीविकोपार्जनका लागि हामीले ‘बीउपुँजी’ स्वरुप सानो रकम उहाँहरुलाई उद्योग सञ्चालन गर्नको लागि उपलब्ध गराउँछौँ”, संयोजक चौधरीले भनिन्, “यसले उहाँहरुको जीविकोपार्जनमा सहयोग पुग्नुका साथै हौसला अभिवृद्धि हुन्छ ।”

उनका अनुसार अदालतमा मुद्दा विचाराधीन रहँदासम्म ओरेक नेपालकै संरक्षणमा पीडित महिलाले उद्योग सञ्चालन गर्ने गरेका छन् ।

ओरेक नेपाल सिरहाले गरेको यसप्रकारको कार्यको प्रशंसा गर्दै लहान नगरपालिकाका उपप्रमुख रामचरितार महतोले हिंसा प्रभावित महिलाको पुनःस्थापना र जीविकोपार्जनमा उद्यमशीलताले सहयोग पुग्ने बताईन् । साथै हिंसा प्रभावित महिलाका समस्या समाधान गर्नका लागि नगरले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाईन् ।

चारदिनको तालिमपछि उद्योग सञ्चालनमा संलग्न भएका हिंसा प्रभावित महिला अहिले निकै उत्साहित भएका छन् । यसबाट जीवन निर्वाह गर्न सहज बन्ने विश्वास आफूहरुलाई पलाएको उनीहरुको प्रतिक्रिया छ ।


प्रकाशित मिति: १६ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?