Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

‘रङ्गशाला निर्माणमा सबैको अपनत्व आवश्यक’


चितवन। आजदेखि बागमती प्रदेश महिला (प्रधानमन्त्री कप) क्रिकेट छनोट प्रतियोगिता एवं प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता यहाँस्थित अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशालामा सुरु भएको हो ।

त्यस्तै, पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गरिन् । त्यस अवसरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सबैले अपनत्व लिनुपर्नेमामा प्रमुख दाहालले जोड दिएकि छन् भने विवाद निकालेर रङ्गशाला निर्माणमा अबरोध गर्ने क्रम जारी रहेको भन्दै यसलाई अन्त्य गरी सबै मिलेर अघि बढ्न आवश्यक रहेको उनको भनाइ रहेको थियो । उनले भनिन्, “कहिले बन्दैन कि भन्ने कहिले जग्गाको विवाद निकाल्ने जस्ता कामले निर्माणमा समस्या हुन्छ, सबै मिलेर निर्माणमा जुट्नुपर्छ ।”

उन्ल्र रङ्गशाला राष्ट्रको गौरव भएको भन्दै बताउँदै सरकारले रङ्गशाला निर्माणका लागि बजेट समेत बिनियोजन गरेको जानकारी दिईन् । सो प्रतियोगितामा काठमाडौं, भक्तपुर, ललितपुर र चितवन गरी चार वटा टोली सहभागि भएको प्रतियोगिताका संयोजक अनिल अधिकारीले जानकारी दिनुए । उनका अनुसार प्रतियोगिताबाट छनोट भएका खेलाडीहरु सहभागी गराई प्रदेश स्तरीय टोली बनाइनेछ भने छनोट हुने खेलाडीले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् ।


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?