Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

भूकम्प प्रभावित पत्रकारका लागि सहयोग


काठमाडौं। जाजरकोट र रुकुमपश्चिममा कात्तिक १७ गते राति गएको भूकम्पका कारण प्रत्यक्ष प्रभावित हुन पुगेका सञ्चारकर्मीका लागि हिमालय खबर मिडिया इन्कबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।

हिमालय खबरले स्थलगत अध्ययनपश्चात हिमालय खबर मिडिया इन्कमार्फत सङ्कलित रु एक लाख ३३ हजार नौ सय ७३ बराबरको चेक नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेललाई हिमालय खबरका सल्लाहकार सम्पादक तारा बराल र साहित्यकार तथा कवि बिटु केसीले हस्तान्तरण गरेका हुन् । त्यस्तै, सङ्कटको समयमा पीडामा परेका पत्रकारलाई सानो भए पनि राहतको मल्हम लगाउने प्रयास गरिएको हिमालय खबरका प्रबन्ध सम्पादक एवं नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) का निवर्तमान अध्यक्ष विकाशराज न्यौपानेले बताए ।

उक्त हिमालय खबर मिडिया लिन्क परिवारले जाजरकोट र रुकुमका भूकम्प प्रभावित पत्रकारका लागि महासङ्घले स्थापना गरेको केन्द्रीय राहत कोषमा सो रकम प्रदान गरेको हो भने हिमालय खबरको तर्फबाट यसअघि पनि विभिन्न सामाजिक गतिविधि एवं पत्रकारका लागि सहयोगस्वरुप रकम सङ्कलन गरिएको थियो ।


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?