Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

भूकम्प प्रभावित पत्रकारका लागि सहयोग


काठमाडौं। जाजरकोट र रुकुमपश्चिममा कात्तिक १७ गते राति गएको भूकम्पका कारण प्रत्यक्ष प्रभावित हुन पुगेका सञ्चारकर्मीका लागि हिमालय खबर मिडिया इन्कबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।

हिमालय खबरले स्थलगत अध्ययनपश्चात हिमालय खबर मिडिया इन्कमार्फत सङ्कलित रु एक लाख ३३ हजार नौ सय ७३ बराबरको चेक नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेललाई हिमालय खबरका सल्लाहकार सम्पादक तारा बराल र साहित्यकार तथा कवि बिटु केसीले हस्तान्तरण गरेका हुन् । त्यस्तै, सङ्कटको समयमा पीडामा परेका पत्रकारलाई सानो भए पनि राहतको मल्हम लगाउने प्रयास गरिएको हिमालय खबरका प्रबन्ध सम्पादक एवं नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) का निवर्तमान अध्यक्ष विकाशराज न्यौपानेले बताए ।

उक्त हिमालय खबर मिडिया लिन्क परिवारले जाजरकोट र रुकुमका भूकम्प प्रभावित पत्रकारका लागि महासङ्घले स्थापना गरेको केन्द्रीय राहत कोषमा सो रकम प्रदान गरेको हो भने हिमालय खबरको तर्फबाट यसअघि पनि विभिन्न सामाजिक गतिविधि एवं पत्रकारका लागि सहयोगस्वरुप रकम सङ्कलन गरिएको थियो ।


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?