Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक थापाको निधन


काठमाडौं। नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्व प्रशिक्षक भीम थापाको ७५ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ ।

कुलेश्वरस्थित आफ्नै घरमा बेहोस भएका थापालाई तत्कालै मेडिसिटी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । थापाले सन् १९७१ मा जापानमा भएको यू-१९ एसियन च्याम्पियनसिपमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए। उनले न्युरोड टिम, ठमेल, महावीर क्लबबाट क्लब प्रतियोगितामा पनि खेलेका थिए ।

त्यसैगरी खेलाडी जीवनपछि थापाले प्रशिक्षण सुरु गरेका थिए। रुक्म शमशेर राणाको अध्यक्षतामा उनले एन्फाको सहायक महासचिवको रूपमा काम गरेका थिए भने उनी एन्फाका पूर्व प्राविधिक निर्देशक पनि हुन् ।

एन्फाले एन्फा एकेडेमी प्रस्ताव गरेपछि थापाले विस्तृत कार्ययोजना तयार गरेका थिए ।


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?