Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार

सीपयुक्त प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न व्यावसायिक प्रशिक्षण प्रतिष्ठान स्थापना


१४ ,मङ्सिर ,काठमाडौँ । सरकारले आन्तरिक तथा बाह्य श्रम बजारको माग र आवश्यकताअनुसार सीपयुक्त प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना गर्ने निर्णय गरेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीको अध्यक्षतामा १२ सदस्यीय सञ्चालक समिति रहने गरी मन्त्रालयले विकास समिति स्थापना गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग र आवश्यकताअनुरुप दक्ष, प्रतिस्पर्धी, सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न समिति गठन गरिएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेशसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।

सूचना प्रकाशित भएसँगै श्रम मन्त्रालयअन्तर्गत भैँसेपाटी, इटहरी र बुटलवमा रहेका व्यावसायिक तथा सीप विकास प्रतिष्ठान विकास समितिमा परिणत भएका छन् ।

समितिमा अर्थ, शिक्षा, विज्ञान तथा प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा वैदेशिक रोजगार बोर्ड, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र संयुक्त टेड युनियन समन्वय केन्द्रका प्रतिनिधिको सहभागिता रहनेछ ।

श्रममन्त्री शरत्सिंह भण्डारी विकास समितिले बजारको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादन गरी श्रम बजारको आवश्यकता परिपूर्ति गर्ने बताउछन् ।

“राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा सीपयुक्त जनशक्तिको ठूलो माग छ । सीपयुक्त जनशक्ति उत्पादन नहुँदा नेपाली श्रमिकले उचित ज्याला र सुरक्षा पाउन सकेका छैनन्”, उनले भने, “अन्तर्राष्ट्रियस्तरको तालिम दिने गरी प्रतिष्ठानले काम गर्नेछ ।”

प्रतिष्ठानले स्वदेश वा विदेशमा रोजगारीका लागि उपयोगी विभिन्न विषयका अन्तर्राष्ट्रियस्तरका पाठ्यक्रमअनुसार छ महिने प्रशिक्षण सञ्चालन गर्नेछ । उक्त प्रशिक्षण कम्तीमा सात सय ३० कार्य घण्टाको हुने श्रम मन्त्रालयले जनाएको छ ।

प्रतिष्ठानले दक्ष प्रतिस्पर्धी, सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्न आवश्यक पर्ने प्रशिक्षण कार्यक्रम सञ्चालन तथा व्यवस्थापनसम्बन्धी नीति तर्जुमा, श्रम बजारको मागअनुरुप दशजनशक्ति उत्पादन गर्न आवश्यक प्रशिक्षणको विषय पहिचान तथा छनोट गर्नेछ ।


प्रकाशित मिति: १४ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?