Trending
>>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने >>   नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनियताको शपथ ग्रहण >>   फागुन २१ मा जसरी पनि निर्वाचन हुनुपर्छः पुष्पकमल दाहाल >>   तीन सय बढी जेन–जी युवा रास्वपामा प्रवेश
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

मकवानपुरगढी दुर्घटनामा तीनको मृत्यु


१४ ,मङ्सिर ,मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धवाडीपुलस्थित भित्री सडकखण्डमा आज दिउँसो मोटरसाइकल दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका मकवानपुरगढी–२ कुर्लेपाखा बस्ने अन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङ्तानको मृत्यु भएसँगै मृतकको सङ्ख्या तीन पुगेको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार, दिउँसो १ बजेको समयमा सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई उक्त स्थानस्थित पुल छेउबाट अन्दाजी १२ मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका भीमबहादुरको हेटौँडा अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि चितवनको भरतपुर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

उक्त दुर्घटनामा परेर यसअघि उनकी श्रीमती ३४ वर्षीया रुपा स्याङ्तान र उहाँको पाँच महिने छोरीको घटनास्थलमा नै मृत्यु भएको थियो । मृतक तीनै जनाको शव हेटौँडा अस्पतालमा राखिएको छ । उक्त घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।


प्रकाशित मिति: १४ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?