Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा पोखरामा महोत्सव हुँदै


अन्नपूर्ण,कास्की। अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा पोखरामा पर्वतीय महोत्सव हुने भएको छ । नेपाल पर्वतारोहण सङ्घको आयोजनामा मङ्सिर २२ देखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, रातोपैह्रोमा आठौँ पर्वतीय महोत्सव हुने भएको हो ।

त्यसैगरी, बर्सेनि गर्दै आइरहेको महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिइएको सङ्घका महासचिव मोहन लम्सालले जानकारी दिए । उनका अनुसार यसअघि तीन दिन मनाइँदै आइएको महोत्सव यस वर्ष पाँच दिनसम्म मनाइने छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ भने सोही दिन पारेर सङ्घले आठ वर्षदेखि निरन्तर पर्वतीय महोत्सव गर्दै आएको छ । यस वर्षको महोत्सवमा ‘बर्डस कन्जरभेसन’, पर्वतारोहण र पर्वतीय जीवनबारे छ वटा वृत्तचित्र तथा फोटो प्रदर्शनी, विभिन्न खेलका प्रतिस्पर्धा हुने महासचिव लम्सालले जानकारी दिए ।

उक्त महोत्सवको पाँच दिन नै पर्वतारोहण र पर्वतीय जीवनबारे वृत्तचित्र प्रदर्शन गरिने उनले बताए । उनका अनुसार महोत्सवमा पासाङ, माउन्टेन म्यान, सोफी लाभाड, द सेकेन्ड समिट, अई–डेला हट्स भ्यालिस र एभरेस्ट म्यान वृत्तचित्र मञ्चन हुनेछन् । यस वर्षको महोत्सवमा बर्डस कन्जरभेसनसँगको सहकार्यमा ‘मिसअन्डरस्टुड बर्डस’ नामक नाटक प्रदर्शन मुख्य आकर्षणको रूपमा रहने महासचिव लम्सालले बताएका छन् । उनका अनुसार उक्त नाटक ललितपुरको परोपकारी विद्यालय चिल्ड्रेन एण्ड युथ फस्र्टका विद्यार्थीले मञ्चन गर्नेछन् ।

“विद्यार्थीले स्टेजमा गिद्धको भेषमा मास्क लगाई गिद्धको महत्त्व, नेपालका चरा तथा जैविक विविधतासम्बन्धी ज्ञान जनसाधारणमा पु¥याउनेछन्”, महासचिव लम्सालले भने, “कार्यक्रमले जैविक विविधता तथा प्राकृतिक स्रोतको संरक्षणबारे जानकारी दिने विश्वास लिएका छौँ ।”

सो महोत्सवमा पर्वतारोहणसम्बन्धी विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीको फोटो प्रदर्शनीसमेत गरिने महोत्सवका सदस्यसचिव निर्मला न्यौपानेले जानकारी दिए । उनका अनुसार यस वर्ष पहिलो पटक प्रतियोगितामा ‘टग अफ वार’ समावेश गरिएको छ भने यसबाहेक महोत्सवमा छेलो प्रतियोगिता, जिपलाइन, दोहोरी गीत पनि समावेश गरिएको उनको भनाइ रहेको थियो ।

 

 


प्रकाशित मिति: १४ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?