Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

राससलाई सहयोग गर्न तयार रहेको मन्त्री श्रेष्ठको भनाइ


१३ ,मङ्सिर ,काठमाडौँ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले आज भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयको भ्रमण गरे ।

बागमती प्रदेशको सञ्चार मन्त्रालयको समेत जिम्मेवारीमा रहेका मन्त्री श्रेष्ठले राससको समाचार सङ्कलन तथा सम्पादन कक्षको अवलोकन गर्दै राज्यको आधिकारिक समाचार संस्था रासससँग सहकार्य गर्न बागमती प्रदेश सरकार तयार रहेको स्पष्ट गरे ।

राससमा आबद्ध बागमती प्रदेशका सञ्चारकर्मीका लागि तालिमको व्यवस्थासहित तत्कालका लागि कम्तीमा रासस प्रदेश कार्यालयका लागि दुई–तीन कोठाको कार्यकक्षको व्यवस्था गर्न तयार रहेको उल्लेख गर्दै उनले सञ्चारग्रामको निर्माणपछि राससले प्रदेशस्तरीय भवन प्राप्त गर्नेछ भने ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस प्रदेश कार्यालय भवनका लागि बागमती प्रदेश सरकारसँग यसअघि अनुरोध गरेको स्मरण गराउँदै कार्यालय भवनसहित राससकर्मीका लागि तालिमको व्यवस्था गरिदिन मन्त्री श्रेष्ठसँग अनुरोध गरे ।

बागमती प्रदेश सरकारले अहिले पनि आमसञ्चार शीर्षकअन्तर्गत उल्लेख्य मात्रामा बजेट विनियोजन गरेको चर्चा गर्दै कार्यकारी अध्यक्ष झाले देशका सबै जिल्लासहित विदेशमा समेत कार्यसञ्चाल रहेको राज्यसंयन्त्र अन्तर्गतको महत्त्वपूर्ण एवं जिम्मेवार निकाय राससलाई सहयोग गर्न मन्त्री श्रेष्ठको ध्यानकार्षण गरे ।

कार्यकारी अध्यक्ष झासहित महाप्रबन्धक सिद्धराज राई, रासस सञ्चालक समिति सदस्य कृष्ण अधिकारी, समाचार महाशाखा प्रमुख सोमनाथ लामिछाने, प्रशासन महाशाखा प्रमुख श्यामप्रसाद रिमाल, प्रधानसम्पादक एकराज पाठक, प्रमुख समाचारदाता उत्तम सिल्वाललगायतले मन्त्री श्रेष्ठलाई राससमा स्वागत गरेका थिए ।


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?