Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

टिकापुरमा पहिलो पटक ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया


टीकापुर,कैलाली। कैलालीको टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक (दूरबीन शल्य चिकित्सा) विधिबाट पाठेघरको शल्यक्रिया गरिएको छ । जानकी गाउँपालिका–७ गोलौरीकी ५३ वर्षीया रामकृष्णी महतोको ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

महताको तीन वर्षदेखि पाठेघरमा समस्या थियो । निकै दुःख झेलिरहेकी महतोले टीकापुरमै दुरबिनको सहायतामा शल्यक्रिया गर्न पाएपछि खुसी भएकी छन् । “पेट चिर्नुपर्छकि भनेर डराएकी थिएँ । टीकापुर अस्पतालमा पेट नचिरेरै शल्यक्रिया हुन्छ भनेर डाक्टरले भनेपछि शल्यक्रिया गर्न तयार भएँ”, उनले भनिन्, “समयमै उपचार पाएँ । खुसी लागेको छ । तीन दिनमै हिँडडुल गर्न सक्छु । अस्पताल परिवारलाई धन्यवाद दिन चाहन्छु ।” महतोका छोरा कृष्णले उपचारका लागि बाहिर जानु नपर्दा सहज भएको बताए । “अन्य जिल्लामा उपचारका लागि जानु परेको भए खर्च धेरै हुन्थ्यो । हाम्रो आर्थिक अवस्था कमजोर भएकाले यही उपचार हुँदा सहज भएको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा भएकाले उपचार खर्च कम लागेको हो ।” चिकित्सकका अनुसार सामान्यतया दुरबीनको माध्यमबाट पेट नचिरी सानो–सानो प्वाल बनाएर गरिने शल्यक्रियालाई ल्याप्रोस्कोपिक विधि भनिन्छ ।

त्यस्तै, अस्पतालमा पहिलो पटक यो विधिबाट पाठेघरको शल्यक्रिया गरिएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सञ्जयकुमार दासले बताए । “टीकापुरमा पहिलो पटक शल्यक्रिया गरिएको हो । बिरामीलाई करिब तीन वर्षदेखि पाठेघरमा समस्या रहेछ । लामो उपचार गर्दा पनि आराम नभएपछि पाठेघरको शल्यक्रिया गर्नुपरेको हो”, उनले भने, “पेटमा तीन ठाउँमा प्वाल बनाएर शल्यक्रिया गरिएको छ । उनलाई शल्यक्रिया गरिएको तीन दिनमै घर पठाएका छौँ । शल्यक्रियामा अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञद्वय डा. दास, डा. नारायण पौडेल, एनेस्थेसियोलोजिस्ट डा. अनु शर्मा, सहायक एनेस्थेसियोलोजिस्ट सन्तोषराज जोशी, ममता रावत, स्वास्थ्यकर्मी पुष्प धमाला, सुमित्रा पुनमगर, अर्चना शाह, रोशनी पुनमगर, रङ्गीना चौधरीलगायत प्रसूति बार्डका नर्सहरुको टोली खटेको थियो ।

त्यस्तै, डा. दासले दुरबिनबाट शल्यक्रिया गर्दा छोटो समयमा नै बिरामी घर फर्कन र सामान्य काम गर्न सक्ने हुने तथा कम जोखिम हुने बताए । “ल्याप्रोस्कोपिक शल्यक्रिया अर्थात दूरबीन शल्य चिकित्सा पद्दतिद्वारा गरिने शल्यक्रिया बिरामीका लागि बरदान सावित भएको छ”, उनले भने, “यो विधि बिरामीलाई अधिक आराम र सुविधा दिन विकास गरिएको पछिल्लो प्रविधि हो ।”


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?