Trending
>>   कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा छठ पर्वको शुभकामना >>   कसरी भयो छठ मनाउने प्रचलनको थालनी? >>   प्रधानमन्त्री ओलीद्वारा छठ पर्वको शुभकामना >>   छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न प्रेरणा मिलोस्ः राष्ट्रपति पौडेल >>   आजको मौसम : यी तीन प्रदेशमा वर्षाको सम्भावना >>   आज मिति २०८१ साल कार्तिक २२ गते बिहिबार, हेर्नुहोस आजको राशिफल >>   आयोजनाहरुको तयारी फास्ट ट्रयाकमा गरिने >>   राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई >>   डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी >>   आजको मौसम : गण्डकी र कोशीका केहि स्थानमा बर्षाको सम्भावना
Logo
२२ कार्तिक २०८१, बिहीबार
२२ कार्तिक २०८१, बिहीबार

जोत्नेदेखि दाउने सम्मका लागि यान्त्रिकरण


घोराही,दाङ। दाङमा कृषियन्त्रको प्रयोग बढ्दै गएको छ । खेती गर्न जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा कृषियन्त्रको आकर्षण बढ्दै गएको हो । घोराही उपमहानगरपालिका–७ शुक्रबार निवासी किसान तिलक विष्ट कृषि व्यवसाय गर्ने मानिसको कमी भइरहेको समयमा साना कृषियन्त्रको प्रयोगले किसानलाई सहजतासँगै उत्साहित बनाएको बताउछन् ।
सानो परिवार भएको समयमा खेती गर्न समस्या भइरहेका बेला कृषियन्त्रको प्रयोगले खेती गर्न सहज भएको उनको भनाइ थियो । उनी भन्छन् “जोत्नसँगै धानलगायतका अन्य बाली दाउनेसमेत व्यवस्था भएपछि सानो परिवारले पनि छोटो समयमा धेरै खेती गर्न सकिन्छ । ” गोरु नहुँदा खेत अधिया लगाउने मानिस खोज्नुपर्ने बाध्यता भए पनि अहिले प्रविधिको प्रयोगले खेती गरिदिने मानिस खोज्नुपर्ने बाध्यता हटेको बताउछन्, “गाउँमा कमाउनका लागि विदेश जाने बढेसँगै गोरु पाल्न छाडिसकेका छन् । जसले गर्दा खेती गर्ने मान्छे नहुँदा जग्गा बाँझो रहने गरेको थियो, तर पछिल्लो समय प्रविधिका सहयोगले खेतबारी जोत्नेदेखि धाउनेसम्म व्यवस्था भएपछि अहिले आफैँ लगाउने गरेको छु ।”  उनका अनुसार प्रविधिको सहयोगले कृषि पेसालाई सहज छ । घोराही उपमहानगरपालिका–७ निवासी किसान चेतराम चौधरी विगत चार वर्षयता ट्र्याक्टरको सहायताले धान बोक्ने, दाउनेसँगै खेतबारी जोत्ने काम गर्दै आएको बताउछन् । उनी भन्छन्, “आफू वृद्धसँगै छोराहरु छुट्टिएर सानो परिवार भएकाले खेती गर्न समस्या हुने गरेको थियो । तर प्रविधिको प्रयोगले जोत्नेदेखि बोक्ने र दाउनेसमेत गाउँमै व्यवस्था भएपछि खेती गर्नलाई सजिलो भएको छ ।”
पछिल्लो समय कृषिमा काम गर्ने जनशक्तिको अभावमा खेतबारी बाझो भइरहेको छ । यस्तो अवस्थामा कृषियन्त्रको प्रयोगले किसानलाई सहजतासँगै उत्साहित बनाएको जनाइएको छ । उहाँ भन्नुहुन्छ, “गाउँमा गाई नपाल्दा जोत्ने गोरु छैनन् । त्यसैमा अधिकांश घरका पुरुष कमाउनका लागि बाहिर छन् । यस्तो अवस्था अधिकांशको खेतभरि बाझै रहने अवस्था थियो , तर गाउँमा जोत्नका लागि ट्र्याक्टर र दाउनका लाथि थ्रेसर भएपछि अधिकांशले खेती गर्ने गरेका छन् ।”
उनका अनसार धान काट्न, बोक्न र दाउनका लागि करिब एक महिना लाग्ने गरेको जनाउँदै उनी भन्छन्, “पहिले धान काट्ने र घरमा ल्याएर दाउन एक महिना लाग्ने गरेको थियो तर अहिले प्रविधिको सहायताले एक हप्तामै सबै काम सकिन्छ भने बचेको समयमा अन्य धेरै काम गर्न सकिने भएको छ ।”
त्यस्तै, कृषि ज्ञानकेन्द्र दाङका कृषि विज्ञ तथा कृषि प्रसार अधिकृत पृथ्वीराज लामिछाने कृषि पेसालाई व्यावसायिक बनाउँदै नयाँ पुस्तालाई आकर्षित गर्नका लागि प्रोत्साहनस्वरुप यान्त्रीकरणमा सहयोग गर्दै आएकोे बताउछन् । उनका अनुसार कृषिलाई प्रविधिमैत्री बनाउँदै उत्पादन बढाउनका लागि तीन तहका सरकारले जोत्नेदेखि दाउनेसम्मका लागि यान्त्रिकरणसँगै बीउ, सिँचाइलगायतका क्षेत्रमा सहयोग गर्दै आएको बताएका छन् ।

प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?