Trending
>>   सम्पूर्ण वामपन्थीहरुलाई एकतावद्ध गर्नु आजको आवश्यकताः झलनाथ खनाल >>   एमालेसँग एकताको कुनै सम्भावना छैनः माधव नेपाल >>   भ्रष्टाचार छानविन गर्न माग गर्दै निवेदन लिएर अख्तियार पुग्यो राप्रपा >>   यातायात सुरक्षामा एकीकृत नियमनको आवश्यकताः सांसद गौतम >>   सांसद सुवेदीको संशोधन प्रश्तावः सबै विमानस्थल र ग्राउण्ड ह्यान्डलिङ सेवा प्राधिकरणकै व्यवस्थापनमा राखौँ >>   हवाई सेवा प्राधिकरण विधेयकमा भाषा र प्राधिकरणको संरचना स्पष्ट हुनुपर्छः वरिष्ठ उपाध्यक्ष पाण्डे >>   संघीय सञ्चिति कोष दुई खर्ब घाटामा, एकैवर्षमा १५ खर्ब २३ अर्ब खर्च >>   नेपालले आफ्नो सामर्थ्य अनुसार विकास गरिरहेको छः प्रधानमन्त्री >>   आ.व. २०८१—०८२ मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटनाः २ हजार ५ सय… >>   गृहमन्त्रीको दाबीः मुलुकको शान्ति सुरक्षा ठिक छ
Logo
३ श्रावण २०८२, शुक्रबार
३ श्रावण २०८२, शुक्रबार

चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण


१३ ,मङ्सिर ,भरतपुर । मध्यवर्ती क्षेत्रका युवालाई संरक्षण सम्बन्धी प्रशिक्षण दिइएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियानमा आबद्ध युवालाई संरक्षणसम्बन्धी प्रशिक्षण दिइएको छ । चितवनको माडीमा आयोजित प्रशिक्षणमा ३० युवाको सहभागिता छ ।

तालिममा पाँच मध्यवर्ती क्षेत्र उपभोक्ता समितिअन्तर्गतका चोरी सिकार नियन्त्रण युवा जागरण अभियानमा आबद्ध युवाको सहभागिता रहेको चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले जानकारी दिए ।

उनले वन र वन्यजन्तु संरक्षणका लागि युवालाई सूचना सङ्कलन, जनचेतना, वन्यजन्तुको आनिबानीलगायतका विषयमा प्रशिक्षित गरिएको बताए । उनका अनुसार संरक्षणमा यसअघि प्रयोग भएका विधि र अबका दिनमा गर्नुपर्ने कामका विषयमा प्रशिक्षण दिइएको छ ।

तालिममा चितवन राष्ट्रिय निकुञ्जका चार समितिका २४ जना र पर्सा राष्ट्रिय निकुञ्जको एक समितिका छ जना सहभागी छन् । तालिम भोलीसम्म चल्नेछ । चोरी सिकार नियन्त्रण युवा जागरण अभियानमा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा मात्रै झण्डै पाँच सय युवा सक्रिय छन् ।

सहभागीलाई सैद्धान्तिक कक्षासँगै प्रयोगात्मक प्रशिक्षण पनि प्रदान गरिएको भू–परिधी कार्यक्रम (ताल) का पूर्वी क्षेत्र संयोजक प्रेम पौडेलले जानकारी दिए ।

मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरण, मानिसको व्यवहार परिवर्तनका विषयमा पनि युवालाई जानकारी गराइएको छ । प्रशिक्षणमा सहभागी युवाले आफ्नो गाउँठाउँमा गएर त्यहाँका युवालाई प्रशिक्षण दिनेछन् ।

प्रभावित क्षेत्र, महिला समूह, सामुदायिक वन, युवालगायतका समाजमा रहेका हरेक नागरिकलाई प्रशिक्षण लिएका युवा आफूले सिकेको ज्ञान प्रदान गर्ने उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, डब्लुडब्लुएफ र तराई भूपरिधी कार्यक्रम (ताल) र नेपाली सेनाका प्रतिनिधिले प्रशिक्षण दिनुभएको छ छ । तराई भूपरिधी कार्यक्रम (ताल)ले चितवन राष्ट्रिय निकुञ्जसँगको समन्वयमा कार्यक्रमको आयोजना गरेको हो ।


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?