Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

बुद्धको सन्देश विश्वभर फैलाउन आह्वान


१२ ,मङ्सिर ,लुम्बिनी । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संसारभरका बुद्धमार्गीलाई ‘लुम्बिनी जाऔँ’ भन्ने अभियान चलाउन आह्वान गरेका छन्।

बुद्धजन्मस्थल लुम्बिनीमा शान्तिका लागि प्राथना गर्न कोरियाली धर्मगुरुद्वारा निर्माण गरिएको ‘शान्ति घन्टी’ को आज उद्घाटन गर्दै मन्त्री किरातीले बुद्धको सन्देश विश्वभर फैलाउन शान्ति घन्टीले ठूलो सहयोग गर्ने विश्वास व्यक्त गरे ।

“नेपालीहरू पाहुनालाई भगवान् मान्छौँ, अब तपाईहरूले बुद्धभूमि लुम्बिनी जाऔँ भन्ने अभियान चलाउनुहोला”, मन्त्री किरातीले भने, परिवारसहित लुम्बिनी घुम्न आउनुहोस् ।”

कोरिया नेपाल मित्रता ‘पिस पार्क’मा कोरियाली बौद्ध धर्मगुरु सन्मुक हेजाको नेतृत्वमा तयार पारिएको डेढ टनको घन्टी विश्व शान्तिको कामना गर्दै घन्टी बजाएर उद्घाटन गरियो ।

एक सय आठ बुद्ध समाज तीर्थयात्रा प्रार्थना समूहका सदस्य, नेपाल लुम्बिनी विकास समितिको आयोजनामा शान्तिका लागि प्रार्थना गर्न कोरियाली घन्टी बजाउँदै उद्घाटन समरोह गरिएको हो ।

भिक्षुहरूले बुद्धजन्मस्थल लुम्बिनीमा चढाएको घन्टीले कोरिया र नेपालीबीचको निःस्वार्थ सम्बन्धलाई थप प्रगाढ बनाएको समेत मन्त्री किरातीले बताए । “कोरियाले नेपालीलाई रोजगारी दिएर र नेपालीले पसिना दिएर सहयोग गरेका छौँ”, उनले भने, “अब कोरियाली जनताले बुद्धभूमि लुम्बिनीको प्रचार गरेर सहयोग गर्नुपर्छ ।”

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाका तर्फबाट सदस्य सचिव सानुराजा शाक्यले सन्देश वाचन गर्दै कोरियन शान्ति घन्टीको अनावरण र उद्घाटनको अवस्थासम्म ल्याउने भिक्षु गुरु सन्मुक हेजा र कोरियाका बौद्ध धर्मावलम्बीलाई धन्यवाद दिए ।

शान्ति घन्टी स्थापना गर्ने कोरियाली बौद्ध धर्म गुरु सन्मुक हेजाले बुद्धजन्मस्थल लुम्बिनीमा स्थापित शान्तिको घन्टीले विश्वमा शान्ति स्थापनाका लागि सन्देश दिने विश्वास व्यक्त गरे ।

“यो घन्टीको आवाज बुद्ध र बोधिसत्वको आवाज हो, बुद्धका ८४ हजार शिक्षाले प्राणीको पीडालाई राहत दिने प्रतीक हो”, उनले भने, “बुद्धको जन्मस्थलबाट बज्ने घन्टीले बुद्धत्वको अवस्थामा नपुगेका साधकलाई साहस र शक्ति प्रदान गर्नेछ र प्राणीको पीडालाई आनन्दको आवाज दिनेछ ।”

यसअघि धर्मगुरु सन्मुक हेजाकै नेतृत्वमा २००७ मा कोरिया नेपालमैत्री शान्ति पार्क, विश्व शान्तिका लागि प्रार्थना गर्ने स्मारकको निर्माण तथा अनावरण गरिएको थियो ।


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?