Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

१६औं ढोरपाटन महिला भलिबल प्रतियोगिता माघ १२ देखि २२ सम्म


काठमाडौं। १६औं ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिप माघ १२ देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ ।

ढोरपाटन स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस क्लबको खेलमैदानमा हुनेछ भने मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष मानवीर छन्त्यालले कोरोना महामारी र भलिबल संघको चुनावका कारण तीन वर्षपछि प्रतियोगिता गर्न लागेको बताएका छन् । ‘प्रतियोगिता नहुँदा सबैले किन भएन भनेर सोध्ने गर्थे । अब जसरी भएपनि गर्नुपर्छ भनेर हामी जुटेका छौं, आगामी दिनमा पनि हामी यसलाई निरन्तरता दिनेछौं’ उनले भने । उक्त प्रतियोगिताका खेलहरु डबल राउण्ड रोविन लिगका आधारमा हुनेछ । उपत्यका बाहिरको टिमलाई खान बस्नका लागि ८० हजार रुपैयाँ प्रदान गर्ने क्लबले जनाएको छ ।

त्यस्तै, २०६२ सालमा सुरु भएको ढोरपाटन महिला डबल लिग २०७६ सम्म लगातार आयोजना भएको थियो भने यसवर्ष हुने प्रतियोगितामा ९ टोली सहभागी हुने अध्यक्ष छन्त्यालले बताएका छन् । यस पटक प्रतियोगिताको पुरस्कार राशी वृद्धि गरेर बिजेतालाई ५ लाख १ हजार र उपविजेतालाई २ लाख ५० हजार दिइने भएको छ । तेस्रो हुनेले १ लाख २५ हजार, चौथोले ७५ हजार, पाँचौंले ५० हजार र छैटौं हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

सो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछ भने विधागत रुपमा उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ पाउनेछन् भने प्रतियोगिता सञ्चालनका लागि ५१ लाख ५ हजार रुपैयाँ खर्च लाग्ने क्लबको अनुमान रहेको छ । त्यस्तै, ढोरपाटन भलिबलको उपाधि हालसम्म सबैभन्दा धेरै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ७ पटक जितेको छ भने पोखराको ज्ञानुबाबा स्कुलले ५ पटक जितेको छ ।

त्यस्तै, नेपाल पुलिस क्लब, रिड मोडल कलेज र बृभुवनले एक-एक पटक उपाधि जितेका छन् ।


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?