Trending
>>   नेपाल पर्वतारोहण संघमा फुर गेल्जे शेर्पा समूहको उम्मेदवारी घोषणा >>   भारतको ७९ औँ स्वतन्त्रता दिवसः युवा रोजगारीमा एक लाख करोड रुपैयाँ खर्च गर्ने प्रतिवद्धता >>   श्रमीक स्वस्थ भए मुलुक स्वस्थ हुन्छः श्रममन्त्री भण्डारी >>   सांसद गैरेको प्रश्नः नागरिकता लिन महिलाले स्वघोषणा गर्नुपर्ने, पुरुषले नपर्ने ? >>   हतारमा काम गर्दा सबै सांसदहरु बेकुफ भयौँः सांसद कार्की >>   पुरुषका यस्ता व्यवहार,जसले महिलालाई हुरुक्कै बनाउँछ >>   संसदको सदस्य भइसकेपछि संसदीय गतिविधिमा भाग लिनु सांसदको जिम्मेवारी होः श्याम घिमिरे >>   त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुमाथि हुने अपमान बन्द गरौँः सांसद ढकाल >>   संसदीय समितिमा नक्कली व्याकुल माइलाको चर्चा >>   नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरु अनिवार्य दर्ता हुनैपर्छः प्रधानमन्त्री
Logo
३० श्रावण २०८२, शुक्रबार
३० श्रावण २०८२, शुक्रबार

१६औं ढोरपाटन महिला भलिबल प्रतियोगिता माघ १२ देखि २२ सम्म


काठमाडौं। १६औं ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिप माघ १२ देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ ।

ढोरपाटन स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस क्लबको खेलमैदानमा हुनेछ भने मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष मानवीर छन्त्यालले कोरोना महामारी र भलिबल संघको चुनावका कारण तीन वर्षपछि प्रतियोगिता गर्न लागेको बताएका छन् । ‘प्रतियोगिता नहुँदा सबैले किन भएन भनेर सोध्ने गर्थे । अब जसरी भएपनि गर्नुपर्छ भनेर हामी जुटेका छौं, आगामी दिनमा पनि हामी यसलाई निरन्तरता दिनेछौं’ उनले भने । उक्त प्रतियोगिताका खेलहरु डबल राउण्ड रोविन लिगका आधारमा हुनेछ । उपत्यका बाहिरको टिमलाई खान बस्नका लागि ८० हजार रुपैयाँ प्रदान गर्ने क्लबले जनाएको छ ।

त्यस्तै, २०६२ सालमा सुरु भएको ढोरपाटन महिला डबल लिग २०७६ सम्म लगातार आयोजना भएको थियो भने यसवर्ष हुने प्रतियोगितामा ९ टोली सहभागी हुने अध्यक्ष छन्त्यालले बताएका छन् । यस पटक प्रतियोगिताको पुरस्कार राशी वृद्धि गरेर बिजेतालाई ५ लाख १ हजार र उपविजेतालाई २ लाख ५० हजार दिइने भएको छ । तेस्रो हुनेले १ लाख २५ हजार, चौथोले ७५ हजार, पाँचौंले ५० हजार र छैटौं हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

सो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछ भने विधागत रुपमा उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ पाउनेछन् भने प्रतियोगिता सञ्चालनका लागि ५१ लाख ५ हजार रुपैयाँ खर्च लाग्ने क्लबको अनुमान रहेको छ । त्यस्तै, ढोरपाटन भलिबलको उपाधि हालसम्म सबैभन्दा धेरै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ७ पटक जितेको छ भने पोखराको ज्ञानुबाबा स्कुलले ५ पटक जितेको छ ।

त्यस्तै, नेपाल पुलिस क्लब, रिड मोडल कलेज र बृभुवनले एक-एक पटक उपाधि जितेका छन् ।


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?