Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

बुद्ध एयरको जहाजले किन गर्‍यो ‘ओभरसुट’


१२ ,मङ्सिर ,काठमाडौँ । बुद्ध एयरको जहाजले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा ‘ओभरसुट’ गरेको छ ।

काठमाडौँबाट यात्रु बोकेर उडेको जहाजले हिजो साँझ करिब ७ बजे चन्द्रगढी विमानस्थलमा अवतरणका क्रममा ओभरसुट गरेको हो ।

बुद्ध एयरको जहाज धावनमार्गमा अवतरणको अन्तिम चरणमा स्याल देखिएपछि जहाजले ओभरसुट गरेको विमानस्थलका सूचना अधिकारी किशोरकुमार खत्रीले जानकारी दिए ।

उनले भने, “काठमाडौँबाट आएको जहाज अवतरण गर्ने ‘फाइनल प्वाइन्ट’ मा आइसकेपछि धावनमार्गमा स्याल देखियो । हामीले सामान्यतया धावनमार्गमा स्याल, कुकर वा कुनै शङ्कास्पद वस्तु देखिएमा पहिला धावनमार्ग क्लियर गरेर मात्रै जहाज अवतरण गर्ने अनुमति दिन्छौँ । सोही प्रक्रिया गर्दा समय करिब १० मिनेटको समय लाग्ने भएकाले जहाजलाई ‘मिस अप्रोच’ गराएर सुरक्षित अवतरण गरिएको हो ।”

रातिको समयमा इन्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) भएकाले धावनमार्ग क्लियर गर्न लगाएर जहाजलाई सुरक्षित अवतरण गराइएको थियो ।

धावनमार्गमा स्याल देखिएपछि विमानस्थलका ‘एयर ट्राफिक कन्ट्रोलर’ (एटिसी) ले मिस अप्रोच लागि विमान चालक (पाइलट) लाई अनुरोध गरेका थिए । मानिस र सवारीसाधनको सहायताले धावनमार्ग उडानयोग्य बनाइएको थियो ।

“रात्रिकालीन उडान भएकाले केही असहज भएको हो हामी सचेत छौँ, जहाज उडान तथा अवतरण गर्नुअघि विमानस्थलका कर्मचारीले धावनमार्गको चेकजाँच गरिँदै आएको छ । सुरक्षित उडानका लागि सबै जिम्मेवारपूर्वक लागेका छौँ”, सूचना अधिकारी खत्रीले भने ।


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?