Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

वैदेशिक रोजगारी विभागको सर्भरमा समस्या, दुई दिनदेखि अनलाइन श्रम स्वीकृति अवरुद्ध


काठमाडौं। वैदेशिक रोजगारी विभागको सर्भरमा समस्या आउँदा अनलाइनबाट श्रम स्वीकृति लिने कार्य दुई दिनदेखि अवरुद्ध भएको छ ।

उक्त विभागमा सञ्चालित वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सर्भर मर्मत गर्नुपर्ने भएकाले अनलाइनबाट लिने श्रम स्वीकृति रोकिएको हो । विभागको सर्भरमा समस्या देखिएपछि अनलाइनबाट नयाँ लिने संस्थागत र व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्विकृति लिने जस्ता कार्यहरु आइतवारदेखि रोकिएको विभागले जनाएको छ । विभागका निर्देशक मदन दहालले विभागको डाटा सिंहदरवारमा रहेको एकिकृत डाटा सेन्टरमा (जीआईडीसी) मा फाइल सार्ने काम भइरहेको बताए । उनले सोक्रममा विभागको सिस्टममा नयाँ कागजातहरु अपलोड गर्ने जस्ता कार्यहरु रोकिएको समेत बताएका छन् । उक्त विभागले एक सूचना जारी गर्दै सर्भर मर्मत गर्नुपर्ने भएको बताउँदै सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमा समेत मागेको छ ।

यद्यपि, बाँकी कामहरु भने जारी रहेको उनले बताए । ‘डाटा सेन्टरमा फाइल सार्ने काम भइरहेकाले विभागबाट हुने आंशिक सेवाहरु हाललाई रोकिएको छ’ उनले भने, ‘अहिले त्यसको मर्मतको काम भइरहेको छ ।’ उनले सम्भवतः आज बेलुकादेखि नै सेवा पुनः सूचारु हुने बताएका छन् ।

केही वर्षयता वैदेशिक रोजगार विभागले अनलाइन माध्यमबाट श्रम र पुनः श्रम स्वीकृतिको सेवा दिदै आएको छ । यो प्रणााली लागूभएसँगै श्रम स्वीकृति लिनका लागि श्रम कार्यालय जानै पर्ने बाध्यताबाट सेवाग्राहीले मुक्ति पाएका छन् ।


प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?