Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

रजत जयन्तीका रूपमा मनाइँदै सडक महोत्सव


११ ,मङ्सिर ,लेखनाथ (कास्की)। पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा प्रत्येक वर्ष मनाउँदै आइएको सडक महोत्सवलाई यस वर्ष रजत जयन्तीका रूपमा मनाइने भएको छ ।

अङ्ग्रेजी नयाँ वर्षमा मनाउँदै आइएको सडक महोत्सव २५ वर्ष पुगेसँगै यस वर्ष भव्य तयारीका साथ रजत जयन्तीका रूपमा मनाउन लागिएको हो । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराले नयाँ वर्षको स्वागतार्थ प्रत्येक वर्ष यस्तो महोत्सव सञ्चालन गर्दै आएको छ ।

पोखराको पर्यटन प्रवर्द्धनका लागि गरिँदै आइएको सडक महोत्सवलाई रजत जयन्तीका रूपमा मनाउने तयारी भइरहेको आयोजक संस्था रेवान पोखराका कार्यवाहक अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए  ।

पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकको ‘अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’का रूपमा प्रवर्द्धन गर्ने उद्देश्यअनुरुप पोखराको लेकसाइड क्षेत्रमा पर्ने तीन किलोमिटर क्षेत्रफलमा सडक महोत्सव गर्न लागिएको हो ।

‘सडकमा खाउ, सडकमै रमाउ’ भन्ने उद्देश्य लिएर सञ्चालन हुँदै आएको सडक महोत्सव रजत जयन्तीका अवसरमा यस वर्ष थप आकर्षण बनाइने जानकारी महोत्सव संयोजक तथा कार्यवाहक अध्यक्ष पौडेलले दिए ।

आउँदो पुस १२ देखि १६ गतेसम्म आयोजना गरिएको सडक महोत्सव स्वदेशी तथा विदेशी गरी पाँच लाख पर्यटकले प्रत्यक्ष अवलोकन गर्ने दाबी आयोजक संस्थाको छ ।

महोत्सवका मुख्य आकर्षण सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, डुङ्गा दौड, भलिबल प्रतियोगिता, कन्सर्ट, पोखराको पर्यटन विकास, प्रवर्द्धन, अवसर तथा चुनौती विषयमा अन्तक्र्रियाका साथै पोखरा तथा स्थानीयरूपमा उत्पादन कृषि, हस्तकला एवं चित्रकलाको प्रदर्शनी गरिने जानकारी सो अवसरमा दिइएको थियो ।


प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?