Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

वसन्तपुरमा लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कला प्रदर्शन


१० ,मङ्सिर ,काठमाडौँ । काठमाडौँको वसन्तपुरमा लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कला प्रदर्शनी गरिएको छ ।

आभा फर क्रिएटिभिटीको संयोजनमा महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आज वन क्षेत्रमा हुने लैङ्गिक हिंसाविरुद्ध काठमाडौँको वसन्तपुर क्षेत्रमा सचेतनामूलक कला प्रदर्शनी गरिएको हो ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शनिबारदेखि सुरु भएको हो ।

‘लैङ्गिक हिंसा मानव अधिकारको हनन हो’ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा जनचेतना विस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर २५ तारिखमा महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसका रुपमा मनाउने गरेको छ ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष ठाकुर भण्डारीले लैङ्गिक हिंसाविरुद्धको अभियानमा सचेतनामूलक नाटकका रुपमा हिंसाविरुद्ध कसरी अघि बढ्ने, कसरी न्यूनीकरण गर्ने भन्ने बारेमा सचेतना प्रवाह गरिएको बताए ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालकी महासचिव पार्वता गौतमले देशव्यापी रुपमा १६ दिने अभियान मनाइरहेको र सामुदायिक वनमा भएका लैङ्गिक हिंसाका बारेमा सचेतनामूलक कार्यक्रम गरेर देखाइएको बताए ।

कार्यतालिका बनाएर देशव्यापी रुपमा विभिन्न सचेतना फल्याउने काम गरिरहेको उहाँले जानकारी दिए ।


प्रकाशित मिति: १० मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?