Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

वसन्तपुरमा लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कला प्रदर्शन


१० ,मङ्सिर ,काठमाडौँ । काठमाडौँको वसन्तपुरमा लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कला प्रदर्शनी गरिएको छ ।

आभा फर क्रिएटिभिटीको संयोजनमा महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आज वन क्षेत्रमा हुने लैङ्गिक हिंसाविरुद्ध काठमाडौँको वसन्तपुर क्षेत्रमा सचेतनामूलक कला प्रदर्शनी गरिएको हो ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शनिबारदेखि सुरु भएको हो ।

‘लैङ्गिक हिंसा मानव अधिकारको हनन हो’ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा जनचेतना विस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर २५ तारिखमा महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसका रुपमा मनाउने गरेको छ ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष ठाकुर भण्डारीले लैङ्गिक हिंसाविरुद्धको अभियानमा सचेतनामूलक नाटकका रुपमा हिंसाविरुद्ध कसरी अघि बढ्ने, कसरी न्यूनीकरण गर्ने भन्ने बारेमा सचेतना प्रवाह गरिएको बताए ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालकी महासचिव पार्वता गौतमले देशव्यापी रुपमा १६ दिने अभियान मनाइरहेको र सामुदायिक वनमा भएका लैङ्गिक हिंसाका बारेमा सचेतनामूलक कार्यक्रम गरेर देखाइएको बताए ।

कार्यतालिका बनाएर देशव्यापी रुपमा विभिन्न सचेतना फल्याउने काम गरिरहेको उहाँले जानकारी दिए ।


प्रकाशित मिति: १० मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?