Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

चितवनमा ‘बाआमा स्वास्थ्य कार्यक्रम’


१० ,मङ्सिर ,चितवन । खैरहनी नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई घरघरमै पुगेर निःशुल्क स्वाथ्य जाँच तथा परामर्श सेवा दिने गरी ‘बाआमा स्वास्थ्य कार्यक्रम’ को सुरुआत गरेको छ ।

खैरहनी नगरपालिकाका प्रमुख शशिकुमार खनियाले आज खैरहनी नगरपालिका–१३ कुमरोजमा आयोजित एक कार्यक्रमको उद्घाटन गरेका हुन् ।

नगरप्रमुख खनियाले नगरपालिकाभित्रका ७० वर्षमाथिका हरेक नागरिकको घरदैलोमा गएर कम्तीमा चार महिनामा एकपटक रक्तचाप, मधुमेह तथा नाडीको गति र अक्सिजनको मात्रा परीक्षण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।

नगरवासी ज्येष्ठ नागरिकको सम्मानित र गुणस्तरीय जीवन सुनिश्चितताका लागि स्वास्थ्य परीक्षण निःशुल्क औषधी वितरण, ज्येष्ठ नागरिक मञ्च गठन, ज्येष्ठ नागरिकका लागि सुरक्षित आश्रमस्थल निर्माण गर्नेलगायत काम गरिरहेको उनले बताए ।

प्रमुख प्रशासकीय अधिकृत विष्णु सापकोटाले आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारमा बाआमा स्वास्थ्य कार्यक्रमले योगदान गर्ने बताउँदै आगामी दिनमा यस कार्यक्रमको दायर थप विस्तार गर्दै लैजाने उल्लेख गरे ।


प्रकाशित मिति: १० मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?