Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

बाल सहभागितालाई घरदेखि राज्य तहसम्म विस्तारमा जोड


१० ,मङ्सिर ,काठमाडौँ । बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह (कन्सोर्टियम–नेपाल) को २४औँ साधारणसभाले बाल सहभागितालाई घरदेखि राज्य तहसम्म विस्तारका लागि जोड दिएको छ ।

बालबालिकालाई समाज र सामाजिक जीवनमा सांस्कृतिक, शैक्षिक, आर्थिक र राजनीतिक आयाममा अर्थपूर्ण सहभागिता हुनुपर्नेमा साधारणसभाले जोड दिएको हो ।

उक्त सञ्जालले सन् २००० देखि यस क्षेत्रमा वकालत गर्दै आएको छ । सभाले सन्तोष महर्जनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरुपमा निर्वाचित गरेको छ । महर्जन ‘युवालय’ संस्थामा कार्यरत अधिकारकर्मी हुन् ।

कार्यसमितिको उपाध्यक्षमा प्रदीप लामिछाने, महासचिवमा अनिता पाण्डे, सचिवमा निरिजना भट्ट र कोषाध्यक्षमा प्रकाश वस्ती यचन भएका  छन्।

हाल ६६ जिल्लाका गरी ९१ संस्था उक्त सञ्जालमा आबद्ध छन् । सभाको शनिबार उद्घाटन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संंविधानको मौलिक हक र प्रचलित कानुनबमोजिम बालबालिकालाई उनीहरूका सवालमा अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्ने बताए ।

अध्यक्ष मगरले बाल अधिकारको कार्यान्वयनका लागि सरकारी र गैरसरकारी क्षेत्र मिलेर जानुपर्ने पनि बताए । राष्ट्रिय बाल अधिकार परिषद्का सदस्यसचिव इन्दिरा ढकालले बजेट न्यून भएकोले बाल अधिकार र नागरिक स्थानका लागि सोचेजति काम गर्न नसकिएको जनाए ।

परिषद्का पूर्वकार्यकारी निर्देशक मिलन धरेलले बालबालिकालाई अभिभावकले नै बढी समय दिएर उनीहरूको समग्र विकासमा योगदान दिनुपर्नेमा जोड दिए ।

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले सरकारले बालबालिका क्षेत्रका लागि पर्याप्त लगानी गर्नुपर्ने आग्रह गरे ।


प्रकाशित मिति: १० मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?