Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

बाल सहभागितालाई घरदेखि राज्य तहसम्म विस्तारमा जोड


१० ,मङ्सिर ,काठमाडौँ । बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह (कन्सोर्टियम–नेपाल) को २४औँ साधारणसभाले बाल सहभागितालाई घरदेखि राज्य तहसम्म विस्तारका लागि जोड दिएको छ ।

बालबालिकालाई समाज र सामाजिक जीवनमा सांस्कृतिक, शैक्षिक, आर्थिक र राजनीतिक आयाममा अर्थपूर्ण सहभागिता हुनुपर्नेमा साधारणसभाले जोड दिएको हो ।

उक्त सञ्जालले सन् २००० देखि यस क्षेत्रमा वकालत गर्दै आएको छ । सभाले सन्तोष महर्जनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरुपमा निर्वाचित गरेको छ । महर्जन ‘युवालय’ संस्थामा कार्यरत अधिकारकर्मी हुन् ।

कार्यसमितिको उपाध्यक्षमा प्रदीप लामिछाने, महासचिवमा अनिता पाण्डे, सचिवमा निरिजना भट्ट र कोषाध्यक्षमा प्रकाश वस्ती यचन भएका  छन्।

हाल ६६ जिल्लाका गरी ९१ संस्था उक्त सञ्जालमा आबद्ध छन् । सभाको शनिबार उद्घाटन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संंविधानको मौलिक हक र प्रचलित कानुनबमोजिम बालबालिकालाई उनीहरूका सवालमा अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्ने बताए ।

अध्यक्ष मगरले बाल अधिकारको कार्यान्वयनका लागि सरकारी र गैरसरकारी क्षेत्र मिलेर जानुपर्ने पनि बताए । राष्ट्रिय बाल अधिकार परिषद्का सदस्यसचिव इन्दिरा ढकालले बजेट न्यून भएकोले बाल अधिकार र नागरिक स्थानका लागि सोचेजति काम गर्न नसकिएको जनाए ।

परिषद्का पूर्वकार्यकारी निर्देशक मिलन धरेलले बालबालिकालाई अभिभावकले नै बढी समय दिएर उनीहरूको समग्र विकासमा योगदान दिनुपर्नेमा जोड दिए ।

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले सरकारले बालबालिका क्षेत्रका लागि पर्याप्त लगानी गर्नुपर्ने आग्रह गरे ।


प्रकाशित मिति: १० मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?