Trending
>>   सत्ता पाए आरजु देउवा र केपी ओलीलाई पहिला जेल हाल्छु : दुर्गा प्रसाईं >>   रोजगारीको प्रलोभनमा अनलाइन दासत्व: दक्षिण–पूर्वी एशियामा सयौँ नेपाली स्क्यामिङको फन्दामा >>   आयोगमा ६ सय १२ हानिकारक सूचनाका उजुरीः १२९ वटा हटाइए, १२ वटा वेबसाईट ब्लक >>   ९ वटा राजनीतिक दल र १ हजार ३ सय ८९ उम्मेदवारले बैंक खाता सञ्चालनमा ल्याए >>   निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   देश–मधेस विभाजनको राजनीति अन्त्य, विभेदको अन्त्य र सुशासन रास्वपाको मुख्य एजेण्डा : रवि लामिछाने >>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू >>   कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ >>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही
Logo
१४ फाल्गुन २०८२, बिहीबार
१४ फाल्गुन २०८२, बिहीबार

युद्धविरामको घोषणापछि विपीनको रिहाइको प्रतीक्षामा परिवार


८ ,मङ्सिर ,काठमाडौँ । इजरायल र आतङ्कवादी समूह हमासबीच भएको युद्धविरामको घोषणापछि हमासको नियन्त्रणमा रहेका भनिएका विपीन जोशीको परिवार उनको सकुशल घरफिर्तीको प्रतीक्षा गरिहेका छन् ।

इजरायल र हमासबीच चार दिन युद्धविराम गरी एकअर्काले बन्धक बनाएकालाई रिहा गर्न सहमति भएको समाचारले विपीन पनि चाँडै सकुशल घर फर्कनेमा जोशी परिवार आशावादी छ ।

“छोरो सकुशल फर्केको हेर्न तड्पिरहेका छौँ ।” विपीनका बुबा महानन्दले भने,“नेपाल सरकारले पहिलो चरणमै विपीनको रिहाइका लागि पहल गरिदेओस् ।”

जोशी परिवारले पटक–पटक परराष्ट्रमन्त्रीलाई विपीनको रिहाइको लागि पहल गरिदिन आग्रह गर्दै आएका छन् । “भगवान्सँग प्रार्थना गर्छु मेरो छोरो सकुशल मेरो काखमा आइपुगोस् ।” आमा पद्माले भनिन्–“ विपीन घर फर्किने बाटो कुरेर बसेका छौँ ।”

आजै परराष्ट्रमन्त्री एनपी साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारसँग आग्रह गरेका छन् ।

नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग आज सिंहदरबारमा भएको भेटमा परराष्ट्रमन्त्री साउदले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?