Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

मुख्यमन्त्रीद्वारा हनुमतधाम निर्माणस्थल अवलोकन


गण्डकी,कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्नपूर्ण गाउँपालिका–४ थाप्लेस्थित हनुमतधाम निर्माणस्थलको आज स्थलगत अवलोकन गरेका छन् । प्राचीनकालदेखि सल्यान र आसपासका सर्वसाधारणले श्रद्धाभक्तिपूर्वक पूजाआजा गर्दै आएको थाप्लेको भूमे मन्दिर नजिकै निर्माण गर्न लागिएको हनुमतधामको स्थलगत निरीक्षणसँगै मुख्यमन्त्रीले सम्बद्ध स्थानीयवासी, निर्माण समितिसँग छलफल गरेका थिए । त्यस्तै, धाम निर्माणका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट विस्तृत आयोजना प्रतिवेदन तयार गरिसकिएको छ भने उक्त प्रतिवेदनअनुसार ७० मिटर लम्बाइ र ५० मिटर चौडाइ क्षेत्रफलमा हनुमानको मूर्ति राखिने जनाइएको छ । त्यसैगरी डोमबाट ६४ फिट उचाइमा हनुमानको मूर्ति रहने छ भने मूर्तिसहित राम–सीताको मन्दिरलगायत संरचना रु २३ करोड ७३ लाख ५३ हजारको लागतमा निर्माण गरिने डिपिआरमा उल्लेख रहेको छ । सो अवसरमा मुख्यमन्त्री पाण्डेले धार्मिक पर्यटकीयस्थलका रूपमा यस स्थलको विकास गर्न सकिने बताए । निर्माण समितिले जग्गा प्राप्तिलगायत कामलाई अघि बढाउनुपर्ने बताउँदै उनले प्रदेश सरकारका तर्फबाट साथ र सहयोग हुने विश्वास व्यक्त गरे ।

त्यस्तै, नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले महावली हनुमानले लक्ष्मणलाई बचाउनका लागि कालाञ्जर पर्वतबाट सञ्जीवनी बुटी ल्याउने क्रममा यस स्थानमा टेकेको विश्वास रहेको बताउदै हनुमतधाम निर्माण गरी यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने समेत बताए भने हनुमतधाम निर्माण गरेसँगै यो गण्डकी प्रदेशको मात्र नभई समग्र नेपालको नै विशिष्ट धार्मिक पर्यटकीय गन्तव्य बन्ने शर्माको भनाइ रहेको छ । त्यसैगरी धामसँगै यस स्थानमा हनुमत औषधालय, गुरुकूल आदि निर्माण गर्ने लक्ष्य राखिएको छ । अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णुबहादुर केसीले यस क्षेत्रको समृद्धि र विकासका लागि हनुमतधाम महत्त्वपूर्ण बन्ने बताउँदै निर्माणका लागि पालिकाका तर्फबाट सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे । उक्त निर्माण समितिका अध्यक्ष मोहदत्त पोख्रेलले समिति निर्माण कार्यका लागि लागिरहेको बताउए । उक्त समितिले धाम निर्माणका सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत भेटेर यसबारे जानकारी गराएको समितिका सदस्य राजबहादुर गुरुङले जानकारी दिदै हनुमतधाम निर्माण सम्बन्धमा प्रधानमन्त्री सकारात्मक रहेको र सहयोग गर्ने विश्वास व्यक्त गरेको गुरुङले बताए।


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?