Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

गहुँको उत्पादन बढाउन किसानलाई तालिम


दोधारा चाँदनी। कञ्चनपुरको बेदकोट नगरपालिकाले गहुँको उत्पादन बढाउन किसानका लागि तालिम सञ्चालन गरेको छ । बेदकोट नगरपालिका र वैजनाथ महिला बहुद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा दुईदिने गहुँबाली उत्पादन तालिम सञ्चालन गरिएको हो । त्यस्तै, नगरपालिकाका कृषि शाखा प्रमुख देवराज बडुले गहुँ पकेट कार्यक्रम निरन्तरता अन्तर्गत गहुँको उत्पादकत्व वृद्धि गर्न किसानलाई तालिमको आयोजना गरिएको बताए । “हामीले सात दिनको सूचना निकालेर नगरका २४ किसानलाई २० हेक्टर जमिनमा गहुँ उत्पादन र उत्पादकत्व वृद्धि गर्ने अभियानअन्तर्गत सम्झौता गरेका छौँ”, उनले भने, “विशेष गरेर गहुँको उत्पादन बढाउन कार्यक्रम सञ्चालन गरिएको हो ।” बडुले तालिममा विषादी प्रयोग र झारपात व्यवस्थापनलगायत विषयमा किसानलाई जानकारी गराइएको बताउदै गहुँ उत्पादन गर्न नगरपालिकाले कृषि औजार सहयोग गर्ने र उत्कृष्ट किसानलाई नगदसहित सम्मान गर्ने जानकारी समेत दिए ।

त्यस्तै, नगरका २४ किसानलाई गहुँबालीको उत्पादन बढाउन र बालीको हेरचाह कसरी गर्नेलगायतका विषयमा तालिमको आयोजना गरिएको सहकारीका अध्यक्ष मञ्जु सिंहले जानकारी दिइन् । “गहुँको उत्पादनमा वृद्धि र प्राविधिक विषयमा किसानलाई जानकारी दिन तालिमको आयोजना गरिएको हो”, उनले भनिन्, “तालिमपश्चात् किसानले गहुँ उत्पादनमा वृद्धि गर्ने अपेक्षा गरेका छौँ ।” सो तालिममा सहभागी तारा डगौराले पालिकाले सिकाएको कुराको सदुपयोग गर्ने बताइन् । “तालिममा सिकेका कुरालाई परिवारका अन्य सदस्यलाई पनि सिकाउँछौँ र आफ्नो जमिनमा गहुँको उत्पादन बढाउन लाग्छौँ”, उनले भनिन्, “तालिममा नयाँ प्रविधिबारे जानकारी पाउँदा काम गर्न सहज हुनेछ ।” बेदकोट नगरपालिकाले १० वटै वडालाई पकेट क्षेत्र निर्धारण गरेर कृषिलाई प्राथमिकतामा राखेको छ ।


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?