Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२ फाल्गुन २०८२, शनिबार
२ फाल्गुन २०८२, शनिबार

गहुँको उत्पादन बढाउन किसानलाई तालिम


दोधारा चाँदनी। कञ्चनपुरको बेदकोट नगरपालिकाले गहुँको उत्पादन बढाउन किसानका लागि तालिम सञ्चालन गरेको छ । बेदकोट नगरपालिका र वैजनाथ महिला बहुद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा दुईदिने गहुँबाली उत्पादन तालिम सञ्चालन गरिएको हो । त्यस्तै, नगरपालिकाका कृषि शाखा प्रमुख देवराज बडुले गहुँ पकेट कार्यक्रम निरन्तरता अन्तर्गत गहुँको उत्पादकत्व वृद्धि गर्न किसानलाई तालिमको आयोजना गरिएको बताए । “हामीले सात दिनको सूचना निकालेर नगरका २४ किसानलाई २० हेक्टर जमिनमा गहुँ उत्पादन र उत्पादकत्व वृद्धि गर्ने अभियानअन्तर्गत सम्झौता गरेका छौँ”, उनले भने, “विशेष गरेर गहुँको उत्पादन बढाउन कार्यक्रम सञ्चालन गरिएको हो ।” बडुले तालिममा विषादी प्रयोग र झारपात व्यवस्थापनलगायत विषयमा किसानलाई जानकारी गराइएको बताउदै गहुँ उत्पादन गर्न नगरपालिकाले कृषि औजार सहयोग गर्ने र उत्कृष्ट किसानलाई नगदसहित सम्मान गर्ने जानकारी समेत दिए ।

त्यस्तै, नगरका २४ किसानलाई गहुँबालीको उत्पादन बढाउन र बालीको हेरचाह कसरी गर्नेलगायतका विषयमा तालिमको आयोजना गरिएको सहकारीका अध्यक्ष मञ्जु सिंहले जानकारी दिइन् । “गहुँको उत्पादनमा वृद्धि र प्राविधिक विषयमा किसानलाई जानकारी दिन तालिमको आयोजना गरिएको हो”, उनले भनिन्, “तालिमपश्चात् किसानले गहुँ उत्पादनमा वृद्धि गर्ने अपेक्षा गरेका छौँ ।” सो तालिममा सहभागी तारा डगौराले पालिकाले सिकाएको कुराको सदुपयोग गर्ने बताइन् । “तालिममा सिकेका कुरालाई परिवारका अन्य सदस्यलाई पनि सिकाउँछौँ र आफ्नो जमिनमा गहुँको उत्पादन बढाउन लाग्छौँ”, उनले भनिन्, “तालिममा नयाँ प्रविधिबारे जानकारी पाउँदा काम गर्न सहज हुनेछ ।” बेदकोट नगरपालिकाले १० वटै वडालाई पकेट क्षेत्र निर्धारण गरेर कृषिलाई प्राथमिकतामा राखेको छ ।


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?