Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

बराह क्षेत्रमा हरिबोधिनी एकादशी मेला


७ ,मङ्सिर ,सुन्दरहरैँचा (मोरङ) । सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित प्राचीन पवित्र तीर्थस्थल वराहक्षेत्रमा हरिबोधिनी एकादशी मेला सुरू भएको छ ।

हरेक वर्ष वराहक्षेत्र धाममा लाग्ने मेला मङ्सिर ७ गतेदेखि मङ्सिर ११ गते पूर्णिमासम्म लाग्ने वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए ।

मेलाका लागि बजार, कोशी नदीमा घाटको व्यवस्थापन, विद्युत्, खानेपानीलगायत उपसमिति गठन गरी काम गरिएको उनले सुनाए ।

मेलाका लागि अन्तरिक तथा बाह्य गरी पाँच लाख बढी भक्तजनको सहभागिता रहने बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए ।

मेला सफलताको लागि बगर सम्याउने, रङ लगाउने, मन्दिर सिँगार्ने साथै नियमित सरसफाइ गरेको उनले बताए ।

हिन्दू धर्मका प्रमुख चार धाममध्ये एक मानिएको बराहक्षेत्रमा लाग्ने हरिबोधिनी एकादशी मेला प्रसिद्ध तथा धार्मिक महत्व बोकेको मेला भएको नेपालका प्रथम जगदगुरू बालसन्त मोहनशरण देवाचार्यले बताए ।


प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?