Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

बराह क्षेत्रमा हरिबोधिनी एकादशी मेला


७ ,मङ्सिर ,सुन्दरहरैँचा (मोरङ) । सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित प्राचीन पवित्र तीर्थस्थल वराहक्षेत्रमा हरिबोधिनी एकादशी मेला सुरू भएको छ ।

हरेक वर्ष वराहक्षेत्र धाममा लाग्ने मेला मङ्सिर ७ गतेदेखि मङ्सिर ११ गते पूर्णिमासम्म लाग्ने वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए ।

मेलाका लागि बजार, कोशी नदीमा घाटको व्यवस्थापन, विद्युत्, खानेपानीलगायत उपसमिति गठन गरी काम गरिएको उनले सुनाए ।

मेलाका लागि अन्तरिक तथा बाह्य गरी पाँच लाख बढी भक्तजनको सहभागिता रहने बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए ।

मेला सफलताको लागि बगर सम्याउने, रङ लगाउने, मन्दिर सिँगार्ने साथै नियमित सरसफाइ गरेको उनले बताए ।

हिन्दू धर्मका प्रमुख चार धाममध्ये एक मानिएको बराहक्षेत्रमा लाग्ने हरिबोधिनी एकादशी मेला प्रसिद्ध तथा धार्मिक महत्व बोकेको मेला भएको नेपालका प्रथम जगदगुरू बालसन्त मोहनशरण देवाचार्यले बताए ।


प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?