Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

एमालेका युवा–विद्यार्थीको प्रदर्शन


७ ,मङ्सिर ,काठमाडौँ । सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बिथोलिएको र भ्रष्टाचारजन्य गतिविधि बढेको भन्दै नेकपा (एमाले) निकट युवाले काठमाडौँको तीनकुनेमा विरोध प्रदर्शन गरेका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपाल र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको प्रदर्शनमा एमालेका नेता एवं सङ्घका इञ्चार्ज महेश बस्नेत, एमाले नेता पार्वत गुरुङ, सङ्घका अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियुका अध्यक्ष समीक बडाललगायत नेताले विभिन्न नाममा मुलुकमा अराजकता मच्याउन खोजिएकामा दुःख व्यक्त गरे । प्रदर्शनमा एमालेका अन्य जनसङ्गठनको पनि सहभागिता थियो ।

नेता बस्नेतले नेपालमा अस्थिरता निम्त्याएर विकास र समृद्धि हुन नदिने चलखेलप्रति सदैव चनाखो हुन आग्रह गरे ।


प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?