Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

आजदेखि पोखरामा केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट सुरु


गण्डकी। मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आजदेखि पोखरामा ‘केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट’ प्रतियोगिता सुरु भएको छ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिता उद्घाटन गर्दै नेपाल पनि क्रिकेटमा विश्वस्तरमा प्रतिष्पर्धा गर्न सक्ने अवस्थामा पुगेको बताए । उक्त खेल विकासका लागि पूर्वाधार निर्माणसँगै खेलाडीलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिँदै उनले खेललाई व्यवसायिकरुपमा स्तरोन्नति गर्दै जानुपर्ने बताए । सो खेलमा शारीरिक तथा मानसिक क्षमताको संयुक्त प्रदर्शन हुने बताउँदै अध्यक्ष ओलीले खेलबाट पहिचान र गरिमा बढाउन सकिने बताएका छन् । एमाले नेतृत्वको सरकारको समयमा दशरथ रङ्गशालादेखि देशका विभिन्न रंगशालाको निर्माण गरेको उनले सुनाए । त्यस्तै, मदन भण्डारी फाउन्डेशनले खेलका माध्यमबाट राष्ट्रको गरिमा बढाउन गरेको सुरुवात प्रशंसनीय भएको उनको भनाइ रहेको छ । एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले खेलाडीले गर्ने उत्कृष्ट प्रदर्शनले देशको गरिमा बढ्ने बताउँदै खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उक्त कार्यक्रममा मदनभण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुब आचार्य, उपाध्यक्ष राजेश गुरुङ लगायतले धारणा राखेका थिए भने पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीको दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै, प्रतियोगिताको च्याम्पियन टोलीले रु पाँच लाख, सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ द प्लेयर’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’रु २० हजार, र ‘प्लेयर अफ द म्याच’ हुनेले नगद रु पाँच हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।


प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?