Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

मुटुरोग घटाउन ‘बाल मुटु बचाउ’ अभियान


गलकोट,बागलुङ। आधुनिक जीवनशैली र खानपानका कारण बर्सेनि मुटुरोगका बिरामी बढेको भन्दै चिकित्सकले ‘बाल मुटु बचाउ’ अभियान सञ्चालन गरेका छन् । सानै उमेरमा मुटुको जाँच गर्नसके मुटुरोगबाट हुनसक्ने ठूलो क्षतिबाट बच्न सकिने भन्दै अहिले बालबालिकाको ‘मुटु बचाउ’ अभियान देशभर सञ्चालन भइरहेको छ । त्यस्तै, जन्मजात वा अन्य कारणबाट मुटुमा समस्या देखिएको सानै उमेरमा पत्ता लगाउनसके मुटुलाई बचाउन सकिने भन्दै देशभरका बालबालिकाको मुटु परीक्षण अभियान चलाइएको मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले बताउनुभयो । मुटु जोगाउन खानपान, आनीबानीमा सुधार हुनुपर्ने बताउँदै उनले मुटु रोगसम्बन्धी सचेतना जगाउन अभियान थालिएको बताए । “स्वास्थ्यमा समस्या आएपछि मात्रै परीक्षण गर्ने नेपालीको बानी छ । त्यसकारण अन्तिम अवस्थामा मुटु बचाउन नसक्दा धेरैको ज्यान गएको छ । मुटुरोग चिकित्सकले मुटुको चाल सुनेरै मुटुको अवस्था बुझ्न सकिन्छ”, डा. रेग्मीले भने, “मुटुको धड्कन सुन्दासाथ मुटुको केही समस्या भए नभएको पत्ता लाग्छ । शङ्कास्पद बिरामीलाई मात्रै मुटुको इको गरिन्छ, इकोमार्फत मुटुको अवस्था कस्तो छ भनेपछि बल्ल समस्यादेखि उपचारतर्फ लागिन्छ, समयमै मुटुको समस्या पत्ता लगाउनसके उपचार सम्भव छ ।” त्यसैगरी नेपालका ४० जिल्लामा जिल्लामा उक्त अभियान पुगिसकेको बताउँदै हालसम्म दुई लाख बालबालिकाको मुटु परीक्षण गरिसकेको रेग्मीको भनाइ छ । बालबालिकाको मुटुमा प्वाल पर्ने समस्या धेरै हुने र बर्सेनि तीन हजार बालबालिका मुटुको समस्याबाट मृत्यु भइरहेको उनले बताए ।

त्यसैगरी, अभियानअन्तर्गत बागलुङको कालिका कन्या मन्दिर माध्यामिक विद्यालयका तीन सय १० बालबालिकाको मुटु परीक्षण गरिएको प्रतिष्ठान बागलुङ शाखाका अध्यक्ष जगदिश चन्द्र उपाध्यायले बताए । बालबालिकाले पत्रु खाना नखाने, बयस्कले चुरोट, रक्सी नखाने र मधुमेह तथा कोलेस्टेरोल बढ्न नदिए मुटु जोगाउन सकिने चिकित्सकको सुझाव रहेको छ भने शिविरका लागि रोटरी क्लब अफ पाटनले समेत सहयोग गरेको थियो । सो परीक्षण गरेका अधिकांशको मुटु स्वास्थ्य भेटिएको वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नेपाल हृदयरोग प्रतिष्ठान केन्द्रीय समितिका पूर्वसभापति मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बताएका थिए । त्यसैगरी रेग्मी नेतृत्वमा मुटरोग विशेषज्ञ डा. प्रेमराज वैद्य र डा. उर्मिला शाक्यसहित २० स्वास्थ्यकर्मी सहभागि बागलुङमा आएका थिए भने परीक्षण गरेका बालबालिकामध्ये १० जनालाई थप उपचार गर्नका लागि सुझाब समेत दिइएको छ । त्यसैगरी खानपान वा टन्सिल पाकिरहने अवस्था भएका बालबालिकामा पनि मुटुरोग हुनसक्ने भन्दै टन्सिलको तुरुन्तै उपचार गराउन आवश्यक रहेको चिकित्सकको भनाइ छ । अहिलेसम्म मुटु प्रत्यारोपण नहुने भएकाले जोगाउने उपाय नै महत्वपूर्ण भएको शिविरमा सहभागी डा उर्मिला शाक्यले बताए । “पछिल्लो समय बालबालिकामा मोटोपन बढ्नु, पत्रुखाना खानु र स्वास्थ्यबारे चासो नराख्नुले मुटुमा समस्या आउने गरेको छ । हामीले प्रारम्भिक परीक्षणमा मुटुको चाल बुझेपछि समस्या भएको पत्ता लगाउन सकिन्छ”, शाक्यले भने, “समस्या बुझेपछि त्यसपछि मुटुको इकोलगायतका डायलासिस पद्धति गरेर उपचार गर्ने गरिन्छ ।”


प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?