Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

पाँच जनाको शव फेला


७ ,मङ्सिर ,काठमाडौँ । काठमाडौँ महानगरपालिका–३ लाजिम्पाटस्थित बाटोमा अन्दाजी ४० वर्षीय जीते राई हिजो मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौँ महानगरपालिका–८ गौशाला चोकस्थित भुना गेष्ट हाउसमा सोमबारदेखि बस्दै आएका रौतहट घर भएका २४ वर्षीय कुन्दन साह बसेकै कोठामा आज मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सुनसरी, बराहक्षेत्र नगरपालिका–४ धनपुरी बस्ने ४८ वर्षीय अमरलाल सदा सोही ठाउँस्थित माछा पोखरीमा आज मृत अवस्थामा फेला परेका छन् । मङ्गलबार राति घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका–६ मट्यारीस्थित सरस्वती सामुदायिक वनमा नाम, थर, वतन नखुलेकी अन्दाजी २५ वर्षीया महिला आज मृत अवस्थामा फेला परेकी छिन् ।

चितवन, खैरहनी नगरपालिका–९ नमुना टायर सोलिङ ग्यारेजको साइडको झाडीमा नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष आज मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रधान कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?