Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

‘हिले जलजले पर्यटकीय ताल’ बाँध निर्माण थालियो


७ ,मङ्सिर ,धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ स्थित सिक्रेमा हिले जलजले पर्यटकीय ताल निर्माणका लागि बाँध निर्माण कार्य सुरु गरिएको छ ।

काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा क्षेत्र पर्यटकीय क्षेत्र नगरकोट नजिकै रहेको सो ठाउँमा पर्यटकलाई आकर्षण गर्नका लागि पर्यटकीय ताल निर्माण थालिएको हो ।

बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा ताल निर्माण सुरु गरिएको हो । अहिले ताल निर्माणका लागि विजय/लोटस/तेजस्वी जेभीले रु पाँच करोड ८७ लाखमा बाँध निर्माणको सम्झौता गरी निर्माण थालनी गरेको छ ।

एक वर्ष अगाडि नै सुरु हुनुपर्ने सो निर्माण कार्य रकम अभावका कारण ढिला हुन गएर अहिले कार्य थालनी भएको निर्माण व्यवसायी गणेश तामाङले बताए ।

आगामी २०८१ मङ्सिर ७ गते सम्पन्न गर्नुपर्ने बहुवर्षीय योजनाको रुपमा सुरु भएको परियोजनाको अहिले पहिलो चरणअन्तर्गत बाँध निर्माणको काम गरिरहेको छ । बाँध निर्माणको लागि एक हप्तादेखि डोजर लगाएर जग खन्ने काम भइरहेको छ ।

थलथले अवस्थामा रहेको सो ठाउँमा यसअघि खासै कोही जाँदैनथे । सो ठाउँमा अहिले कृतिम ताल निर्माण गरी पर्यटन प्रवद्र्धनको काम अगाडि बढाइएको हो । ताल निर्माण भएपछि सिँचाइको सुविधासमेत हुने भएकाले त्यहाँका स्थानीयवासीको आर्थिकस्तरमा वृद्धि हुने स्थानीयवासी लालचन्द्र गिरीले बताए ।

ताल निर्माणसँगै सो ठाउँमा डुङ्गा सञ्चालन गर्ने र ताल आसपासका क्षेत्रमा पर्यटकका लागि मनोरञ्जन गर्ने उद्यानसमेत निर्माण गर्ने जनाएको छ ।

सो स्थान आसपासमा रहेको वासुकी उद्यान र देवीस्थानडाँडा अर्को आकर्षणको केन्द्र रहेको छ । अग्लो ठाउँमा रहेको सो स्थानबाट काठमाडौँ उपत्यका लगायत काभ्रेको बनेपा आसपासका सबै ठाउँ नियाल्न सकिने भएकाले पनि पर्यटकको लागि उपयुक्त स्थान हुने गिरीगाउँका स्थानीयवासी सानुकाजी गिरीले बताए ।

त्यससँगै अब ताल निर्माण कार्य सम्पन्न भएपछि आधुनिक भवन निर्माणसँगै पर्यटकको आवागमन बढेर उत्पादन हुने कृषिजन्य बस्तुको बिक्रीबाट स्थानीय कृषकको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ छ ।

पहिला नालाको शेरा बजारसम्म लगेर तरकारी बिक्री गरेकामा पछिल्लो समयमा सडकको सुविधा भएपछि ठेकेदारले बारीसम्म पुगेर सङ्कलन गरी सिधैँ काठमाडौँ बिक्री गर्दै आएको किसान बताउँछन् ।

“अब ताल बनेपछि पर्यटकको आवागमनले घरआँगनमा नै बिक्री गरेर आर्थिक लाभ लिन पाउने आशा छ”, चारघरेका रामचन्द्र दाहालले भने, “तत्कालीन समयमा स्थानीयवासीले पर्यटकीय ताल बनाउन आग्रह गरेका थिए, त्यसलाई निरन्तररुपमा आवाज उठाउँदै आउने क्रममा अब बाँध निर्माण कार्य सुरु भएकाले बन्ने आशा पलाएको छ ।”

काम सुरु भए पनि सम्पन्न नभइञ्जेलसम्मका लागि बजेटको सुनिश्चित गर्न र निर्माण व्यवसायीले पनि समयमा नै सम्पन्न गरिदिनका लागि स्थानीयवासीले आग्रह गरेका छन् । लामो समयदेखि देखेको सपना बल्ल साकार हुन थालेको भन्दै यहाँका बासिन्दाले अब त्यसलाई छिट्टै सम्पन्न गर्नका लागि आग्रह गरेका छन् ।


प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?