Trending
>>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना >>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

प्रदीप पौडेलको टोलीले सय अस्थायी आवास बनाउने


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेल नेतृत्वको टोलीले भूकम्पबाट प्रभावित जाजरकोटमा अस्थायी आवास निर्माणको कार्य जारीगरेको छ । पार्टीको निर्णयअनुसार पौडेल नेतृत्वको टोली पुगेर नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा निर्माणको काम थालेको र आज पनि काम भै रहेको महासमिति सदस्य सुशिल भट्टले जानकारी दिए ।

उनका अनुसार टोलीले करिब १०० स्थानीयको अस्थायी आवास निर्माणमा सहयोग गर्ने लक्ष्य लिएको छ । १५० जनाको टोलीले क्षतिग्रस्त भएका घरहरुको भग्नावशेष पन्छाउन पनि सहयोग गरीरहेका छन।

टोलीमा नेता पौडेलसहित प्रदेश सभा सदस्य दिल्लीराम सुवेदी, महासमितिद्वय सदस्य सुशील भट्ट र महेन्द्र शाह, नेपाली कांग्रेसको कार्यालय सचिव मुक्ति आचार्य, नेपाली कांग्रेस जाजरकोट जिल्ला सहसचिव छवि पन्त, नलगाड नगरपालिका वडा नं ५ का वडाध्यक्ष ओमराज ओलीसहित नेताहरु दीपकबाबु कडेल, भागवत् रेग्मी , पुस्प बस्नेत सुबास घिमिरे ,नेबि सघ १० जनाकेन्द्रीय सदस्य लगायतका नेता कार्यकर्ता रहेका छन् ।

सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अस्थायी आवास बनाउन स्वयमसेवक खटाउने निर्णय गरेको थियो। जसअनुसार कांग्रेसले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा टहरा बनाउन परिचालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलगत्तै पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्रतिर गएको हो ।

पौडेल नेतृत्वको टोली नलगाड नरगपालिका ४ र ५ नम्बर वडामा खटिनेछ । टोलीमा नेपालगन्ज र सुर्खेतबाट ३५ जना सिकर्मी–डकर्मी, ५–६ जना इन्जिनियर समेत लगिएको पौडेलले जानकारी दिए ।


प्रकाशित मिति: ६ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?