Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

नेपालगञ्ज नाकाबाट करिब १८ अर्बको वैदेशिक व्यापार


६ ,मङ्सिर ,काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोज मसान्तसम्म बाँकेस्थित नेपालगञ्ज जमुना भन्सार नाकाबाट रु १७ अर्ब ९३ करोड १३ लाख ८३ हजारको वैदेशिक व्यापार भएको छ ।

उक्त अवधिमा विभिन्न २१ देशबाट १७ अर्ब ४८ करोड ९५ लाख ८७ हजार बराबरका विभिन्न सामग्री आयात भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख ध्रुव विकले जानकारी दिए ।

गत आर्थिक वर्षमा रु ४४ करोड १७ लाख ९६ हजारको मात्रै निर्यात भएको उनले सुनाए । पछिल्लो तीन महिनामा भारतबाट मात्रै रु १५ अर्ब २९ करोड ७८ लाख ८४ हजार बराबरको सामग्री आयात भएको छ । जुन कूल आयातको ९३.१९ प्रतिशत हो ।

त्यस्तै नेपालगञ्ज नाका हुँदै रु ५३ करोड ६५ लाख ८८ हजार अर्थात् कूल निर्यातको ९८.८२ प्रतिशत हिस्सा भारतले नै ओगटेको छ । भन्सार कार्यालयले दिएको जानकारी अनुसार दोस्रो धेरै निर्यात हुने देशको सूचीमा युनाइटेड अरब इमिरेट्स र म्यानमार रहेको छ ।

नेपालगञ्ज नाका हुँदै भारत, बेलायत, मलेसिया, म्यान्मा, चाइना, भियतनाम, बेल्जियम, इटली, दक्षिण अफ्रिका, टर्की, थाइल्यान्ड, ताइवान, दुबई, साउदी अरेबिया, सिङ्गापुरसहित २१ देशबाट सामान आयात भएको कार्यालय प्रमुख विकले बताए ।

यीमध्ये भारत, युनाइटेड अरब इमिरेट्स र म्यान्मासँग मात्रै निर्यात व्यापार हुने गरेको छ । नेपालगञ्ज नाका हुँदै भारतलगायतका देशबाट इन्धन, खाद्यान्न, मेसिनरीसहित ५० प्रकारका सामग्री आयात हुन्छ । यस नाकाबाट विशेषगरी जडिबुटी, प्लाइउडसहित १७ प्रकारका सामग्री निर्यात हुँदै आएको भन्सार कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: ६ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?