Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

धार्मिक पर्यटक भित्र्याउन मनकामनामा त्रिवेणी मेला


गोरखा। धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित गोरखाको सहिद लखन गाउँपालिका–३, मनकामनामा रहेको त्रिवेणी भगवतीको मन्दिर परिसरमा आज साँझदेखि त्रिवेणी मेला लाग्ने भएको छ । हरिबोधनी एकादशी (ठूलो एकादशी) पर्वको अवसरमा मन्दिर परिसरमा त्रिवेणी मेला आयोजना हुँदै आएको छ । यस्तै, स्थानीय कालिका युवा क्लबको आयोजनामा आज साँझदेखि भोलि (बिहीबार) बिहानसम्म मेला आयोजना गरिने क्लबका अध्यक्ष बाबु गुरुङले जानकारी दिदै स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको त्रिवेणी भगवतीको प्रचारप्रसारका लागि मेलाले सहयोग पुग्ने विश्वास लिइएको उनले बताए । त्यसैगरी मेलामा विविध सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको अध्यक्ष गुरुङको भनाइ रहेको थियो । सो मेलामा चर्चित लोकदोहोरी गायक पृथ्वी गुरुङ, श्याम राना, सुजन गुरुङ चर्चित लोक तथा दोहोरी गायिका निर्जला गुरुङलगायत अन्य स्थानीय कलाकारको साङ्गितिक प्रस्तुति रहने जनाइएको छ ।

सोही अवसरमा भगवती मन्दिरमा विशेष पूजा गरी मेला समापन हुने बताइएको छ भने उक्त मन्दिरमा हरेक वर्षको ठूलो एकादशीको अवसर पारेर भव्य मेला लाग्ने गर्दछ । प्रसिद्व मनकामना देवीको सात दिदीबहिनीमध्ये त्रिवेणी भगवती कान्छी बहिनी रहेको जनविश्वास रहदै आएको छ । त्यस्तै, त्रिवेणी भगवतीलाई जल अर्पण गरेपछि मात्र मनकामना देवीको पूजाको पूर्णता हुने धार्मिक विश्वास समेत रहेको छ ।


प्रकाशित मिति: ६ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?