Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
७ चैत्र २०८२, शनिबार
७ चैत्र २०८२, शनिबार

भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसका स्वयंसेवक


५ ,मङ्सिर ,काठमाडौँ । नेपाली कांग्रेसले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका पीडित परिवारलाई यथाशीघ्र अस्थायी घर टहरा निर्माण गर्न स्वयमसेवक टोली त्यसतर्फ पठाउने भएको छ ।

महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा बसेको पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य एवं भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाको बैठकले सो सम्बन्धमा निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

बैठकले अति जोखिममा रहेका पीडित परिवारलाई यथाशीघ्र अस्थायी घर टहरा निर्माण गरी सहयोग पुर्याउने उद्देश्यले एक निर्माण विज्ञ, दुई जना दक्ष मिस्त्री र सात जना स्वयंसेवक रहने गरी १०/१० जनाको समूह बनाई पहिलो चरणमा १३ समूह सम्बन्धित क्षेत्रमा पठाउने निर्णय गरेको छ ।

ती समूहले एक हप्ता काम गरिसकेपछि क्रमिकरूपमा अर्को १३ वटा समूह सम्बन्धित क्षेत्रमा तुरुन्तै पठाई पहिलो समूहलाई प्रतिस्थापन गरिने उनले बताए ।

श्रमदानमा खटिएका जनशक्तिका साथमा सामान्य स्वास्थ्य र मानसिक स्वास्थ्यसम्बन्धी शिविर सञ्चालन गर्न प्रजातन्त्रवादी चिकित्सक सङ्घका चिकित्सक परिचालन गर्ने पार्टी कार्यालयले जनाएको छ ।

त्यस्तै प्रभावित क्षेत्रमा पठन–पाठन सञ्चालन गर्न आवश्यक भौतिक तथा अन्य बन्दोबस्त मिलाउन नेपाल शिक्षक सङ्घले सामूहिकरूपमा कार्य गर्नेछ । नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिले आफ्नै खर्चमा हाल चार वटा अस्थायी विद्यालय र चाँडै नै दुई वटा स्थायी पक्की विद्यालय भवन बनाउने छ ।

नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय कार्यसमितिले भूकम्प प्रभावित क्षेत्रका अतिविपन्न तथा जिविकोपार्जनका माध्यम गुमाएका असहाय परिवार तथा श्रमिकको पुनःस्थापनासम्बन्धी अध्ययन गरी आवश्यक साधन स्रोत उपलब्ध गराई सहयोग पुर्याउने बैठकको निर्णय छ ।

भूकम्प प्रभावित क्षेत्रका अस्थायी घर टहरा निर्माणमा श्रमदान गर्न जाने व्यक्ति र समूहले गर्ने काम कर्तव्य र कार्य क्षेत्रबारे बैठकमा आएका सुझावका आधारमा तयार गरिएको कार्यविधि पारित गरिएको प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए ।


प्रकाशित मिति: ५ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?