Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

मकवानपुरका व्यवसायी करको दायरामा


५ ,मङ्सिर ,मनहरी (मकवानपुर) । मकवानपुरमा २२ प्रतिशत जनसङ्ख्या करको दायरामा आएको आन्तरिक राजस्व कार्यालय मकवानपुरले जनाएको छ ।

राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा आज मकवानपुरका सञ्चारकर्मीहरुबीच भएको अन्तरक्रिया कार्यक्रममा आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख तुलसीप्रसाद भट्टराईले जिल्लाको सरदर चार लाख ६६ हजार जनसङ्ख्यामध्ये करिब एक लाख दुई हजार छ सय ८९ करदाता करको दायरामा आएको बताए ।

उनले हालसम्मको करदाता दर्ता सार्वजनिक गर्दै आयकरतर्फ दर्ता भएका ३१ हजार आठ सय ५७, मूल्य अभिवृद्धिकरमा दर्ता भएका पाँच हजार पाँच सय ३१, अन्तःशुल्क दर्ता एक हजार छ सय १६, डब्लु प्यानतर्फ छ सय ६८, पि प्यानतर्फ ७० हजार एक सय ६४ करदाता दर्ता भएको बताए ।

राजस्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७९/८० को राजस्व लक्ष्य तथा असुुलीतर्फ रु सात अर्ब ५० करोड ३९ लाख ४२ हजार राजस्व असुलीको लक्ष्य लिए पनि रु छ अर्ब ६० करोड ८८ लाख २२ हजार राजस्व असुुली गर्न सफल भएको प्रमुख भट्टराईले बताए ।

यस्तै आव २०८०/८१ को राजस्व लक्ष्य तथा असुलीतर्फ रु आठ अर्ब ८० करोड ४५ लाख २४ हजार लक्ष्य राखेकोमा कात्तिक महिनासम्म रु दुई अर्ब ४७ करोड ५९ लाख ६४ हजार मात्र राजस्व असुली लक्ष्य लिएको र एक अर्ब ८७ करोड ४६ लाख ६४ हजार मात्र राजस्व असुली भएको प्रमुख भट्टराईले बताए ।

यस्तै बजार अनुगमन कार्यगत लक्ष्य तथा प्रगतिअनुसार आव २०७९/८० मा दुई सय ५० लक्ष्य लिएकोमा दुई सय ७६ अनुगमन भएको र आव २०८०/८१ मा एक सय ५० लक्ष्य राखेकोमा एक सय २० पटक बजार अनुगमनको काम भएको बताए । उनले प्रविधिमैत्री कर प्रणालीबाट धेरैभन्दा धेरैलाई करको दायरामा ल्याउन कर शिक्षाका कार्यक्रम आयोजना गर्दैअघि बढ्ने बताए ।

छलफल कार्यक्रममा कर अधिकृत एवं सूचना अधिकारी गुणराज भण्डारीले कर शिक्षासँगै करदाता र आमसञ्चारमाध्यमबीचको भूमिकाका बारेमा सहजीकरकण गरेका थिए । उनले व्यवसाय गर्दा कर तिर्ने प्रक्रिया, ईटिडिएस प्रणाली, दण्ड जरिवानाका बारेमा आमसञ्चारमाध्यमले सचेतना जगाउने विषयका बारेमा चर्चा गरेका थिए ।


प्रकाशित मिति: ५ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?