Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

साढे तीन लाख नक्कली रूपैयाँसहित दुई जना पक्राउ


५ ,मङ्सिर ,काठमाडौँ । दक्षिणकाली नगरपालिका–५ फर्पिङ बसपार्कबाट नक्कली नेपाली रूपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ बस्ने ६२ वर्षीय किरण लामा र सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका कुभिण्डे घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–७ बस्ने ६८ वर्षीय गोकर्णबहादुर थापा रहेका छन् ।

उनीहरूको साथबाट एक हजार दरका तीन लाख ४९ हजार नक्कली रूपैयाँ बरामद भएको छ ।

ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले हेटौँडाबाट काठमाडौँतर्फ आउँदै गरेको ना.१ ज ७२०१ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई उक्त नक्कली रुपैयाँसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रधान कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: ५ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?