Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

माछा पार्ने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु


कस्की। पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान / श्रीमतीकोे मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–२९ पटनेरीस्थित खेतमा पानी लैजाने कुलोमा माछा मार्नका लागि करेन्ट लगाउने क्रममा मुस्ताङ जोमसोम घर भई हाल पटनेरीमा डेरा गरी बस्ने वर्ष ४६ का भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीया सवित्री सुनारको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनार दम्पतीलाई करेन्ट लागेर घाइते भएको सूचनापछि इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी घटनास्थलमा पुगेको थियो ।

प्रहरीले घटनास्थलबाट दुवै जनालाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएकामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

मृतक दम्पतीको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।


प्रकाशित मिति: ५ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?