Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

प्रभुुचेला : खर्कबाट पर्यटकीय गन्तव्य


२ ,मङ्सिर ,म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरी केही वर्षअघिसम्म गाईभैँसी, भेडा र बाख्राको गोठ राख्ने खर्क थियो । पछिल्लो समय ऐतिहासिक धार्मिकस्थल प्रभुुचेलाको अध्ययन अनुुसन्धान, संरक्षण र पूर्वाधार निर्माण गर्न थालिएको छ ।

प्रभुचेला धुरी प्रवद्र्धन समाज विमका अध्यक्ष नवीन जुग्जालीले यो ठाउँको ऐतिहासिक पक्षको अध्ययन र संरक्षण गरेर खर्कबाट पर्यटकीय गन्तव्यमा परिणत गरिएको बताए ।

“जङ्गलको बीचमा रहेको समथर प्रभुुचेलाको धार्मिक महत्व नबुझेर यहाँ पहिले हामीले गोठ राख्ने गरेका थियौँ”, उनले भने, “परापूर्वकालमा ऋषिमुुनिले तपस्या गरेर ज्ञान आर्जन गरेको दुुई वर्षअघिको अध्ययनबाट तथ्य पहिचान भएपछि संरक्षण, प्रवद्र्धन र पूर्वाधार निर्माणमा जुुटेका छौँ ।”

समुदाय, प्रदेश सरकार र स्थानीय तहले आश्रयस्थल, सडक, पदमार्ग, मन्दिर, खानेपानीको पूर्वाधार निर्माण गरिएको छ । ऋषिमुनि तपस्या गर्न आउने प्रभुचेला धुरी प्राकृतिक हिसाबले पनि सुन्दर छ । यहाँ आउने तपस्वी, भक्तजन र पर्यटकको सुविधाका लागि पूर्वाधार निर्माण गरिएको प्रभुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सचिव सुरमन गर्बुजाले बताए ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु १५ लाख सहयोगमा करिब ५० जना क्षमताको आश्रयस्थल भवन र उकालो बाटोमा ८७ मिटर पक्की पदमार्ग निर्माण गरिएको छ ।

कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षण गरिएको छ । प्रभुचेला धुरीमा एक सय वर्षअघिसम्म ऋषिमुनिका लागि तपस्यास्थल थियो । बिम गाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुिन आउने गर्दथे ।

स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले १९७० देखि १९७५ सालसम्म यही ठाउँमा तपस्या गरेका थिए ।

कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधनास्थल र हवन कुण्डको भग्नावशेष अझै छन् । प्रभुचेला धुरीबाट धौलागिरि र गुर्जा हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।

मालिका गाउँपालिकाको रु पाँच लाख बजेटबाट सोरवाङदेखि प्रभुचेला धुरीलाई सडकले जोडिएको अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । विभिन्न दाताले व्यक्तिगत लगानीमा मन्दिर, खानेपानी र ध्यानाश्रम बनाएका छन् । पलबिर जुग्जालीले कपिलानन्दले ध्यान गर्नुभएको कुटीको पुनःनिर्माण गरेका छन् ।

छकप्रसाद पाइजाले शिव र देउप्रसाद जुग्जालीले गणेशको मन्दिर बनाउनुभएको छ । रुपलाल पुनको संयोजकत्वमा स्व मनबहादुर थजाली पुन र रतिमा पुनको स्मृतिमा खानेपानीको पाईप जडान, धारा र ट्याङ्की निर्माण भएको छ ।

आश्रयस्थल बनेपछि तपस्वी, भक्तजन र पर्यटकलाई राति, हिउँ, पानी परेको र घाम चर्किदा आश्रय लिन सहज भएको छ । समुद्र सतहदेखि दुई हजार चार सय मिटर उचाइमा अवस्थित प्रभुचेला धुरी बिमदेखि दुई घण्टा र सवारी साधनमा ३० मिनेटमा पुगिन्छ ।

प्रभुुचेलालाई ध्यान केन्द्रको रुपमा विकास गर्न चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले रु ५० लाख विनियोजन गरेको छ । बिम मालिका सङ्घले करिब रु २५ लाख जुटाएको छ ।


प्रकाशित मिति: २ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?