Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

छठका लागि बाँसको सामग्री बनाउँदै मरिक समुदाय


इनरुवा (सुनसरी) । मिथला क्षेत्रमा मनाइने छठ पर्वका लागि यहाँको मरिक समुदाय बाँसका सामग्री बनाउन व्यस्त छ । सुनसरीको हरिनगरसहित जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने मरिक समुदाय बाँसका सामग्री बनाउन जुटेको छ ।

मरिक समुदायका बासिन्दाले छमा प्रयोग हुने कोनियाँ, ढाकी, नाङ्लोलगायत बाँसका सामग्री बनाउने गरेका छन् । बाँसका सामग्रीको माग अत्यधिक रहेको हरिनगर–२ रामनगरभुटहाका वीरेन्द्र मरिकले बताए ।

अहिले गाउँ–गाउँबाट रु एक सय ५० देखि रु तीन सय ५० सयसम्ममा बाँस किनेर ल्याई विभिन्न सामग्री बनाउन थालिएको छ । यस बेलामा मनग्य आम्दनी गर्न सकिने उनको भनाइ छ ।

“छठमा बाँसका सामग्री सबैलाई पुर्याउनै गाह्रो हुने गरेको छ । महिना दिनअघिबाटै यसमा लाग्छौँ”, मरिकले भने । रोजगार र पेसा नै बाँसका सामग्री बनाउने भएकाले त्यसमै सक्रिय भएर लागेको र त्यसबाट हुने आम्दनीबाट छोराछोरीको शिक्षामा खर्च गर्ने गरेको उनले बताए । श्रीमान् र छोराछोरीसँगै छठसम्ममा दुई सय कोनियाँ र ढाकी बनाउने योजना उनको छ ।

हरिनगरका मरिकजस्तै कोसी, देवानगञ्ज, गढी, इनरुवा, रामधुनी, बराहक्षेत्र, भोक्राहा, दुहबीलगायत स्थानमा बसोबास गर्ने मरिक समुदायले समेत छठलक्षित बाँसका सामग्री बनाउन थालेका छन् । आधुनिकतासँगै बाँसका सामग्रीको माग घट्दा मरिक समुदाय चिन्तित् छ ।


प्रकाशित मिति: १ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?