Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

मालीमा तैनाथ शान्ति सेना स्वदेश फिर्ता


काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ मालीमा तैनाथ नेपाली शान्ति सेनाको नवौँ डफ्फा स्वदेश फर्केको छ ।

डफ्फामा ८१ जना नेपाली शान्ति सैनिक रहेको नेपाली सेना सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । प्रमुख सेनानी चित्रकुमार कार्कीको नेतृत्वमा हातहतियार तथा बन्दोबस्तीका सामग्रीसहित संयुक्त राष्ट्रसङ्घको चार्टर्ड विमानद्वारा हिजो ८१ जनाको डफ्फा स्वदेश फिर्ता भएको हो ।

मालीमा तैनाथ शान्ति मिसन बन्द गर्ने संयुक्त राष्ट्रसङ्घको निर्णयअनुरुप नेपाली सेनाको टोलीमा रहेका एक सय ५६ जना एवं स्टाफ तथा पर्यवेक्षक नियुक्तिमा कार्यरतसमेत एक सय ६८ जना सकल दर्जा स्वदेश फिर्ता हुने क्रममा पहिलो टोली हिजो नेपाल आइपुगेको हो ।

नेपाल संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनाका लागि विश्वभर तैनाथ मिसनममा फौज उपलब्ध गराउने सदस्य राष्ट्रको दोस्रो वरियतामा रहेको छ । हाल नेपालबाट पाँच सय ८२ महिला शान्ति सैनिकका रुपमा खटिएका छन् । जुन महिलातर्फ शान्ति सेनामा सबैभन्दा ठूलो सहभागिता भएको निर्देशनालयले जनाएको छ ।


प्रकाशित मिति: १ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?