Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

‘टिकटकलाई करको दायरामा ल्याउनुपर्थ्यो’


३० ,कात्तिक ,काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याएर व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको भए देशको अर्थतन्त्रमा सहयोग पुग्थ्यो भनेको छ ।

क्यानले आज एक विज्ञप्ति निकालेर साना तथा मझौला व्यवसायीलाई आफ्नो बजार विस्तार गर्ने विकल्प बनेकामा त्यसलाई नियमन गर्दा उपयुक्त हुन्थ्यो भन्दै सूचना र सञ्चार प्रविधिको विकासले अवसर र चुनौती दुवै ल्याउने वास्तविकतालाई दृष्टिगत गरी निर्णयमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको छ ।

“नेपालमा उपलव्ध सबैखाले सामाजिक सञ्जालको सुव्यवस्थित प्रयोगका लागि सरकारले विज्ञ टोलीमार्फत वार्ता तथा समन्वय गर्न क्यान आग्रह गर्दछ । निजी क्षेत्रको हैसियतमा हामी सरकारसँग जस्तोसुकै प्राविधिक सहकार्य गर्न तयार छौँ,” डिजिटल नेपाल निर्माणमा सघाउने प्रतिबद्धता व्यक्त गर्दै विज्ञप्तिमा भनिएको छ ।


प्रकाशित मिति: ३० कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?