Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

टिकटक बन्द विरूद्द अधिवक्ता दुलाल अदालत जाने


काठमाडौं। सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि कतिपयले टिकटक बन्द गर्ने सरकारको निर्णय स्वागतयोग्य भनेका छन् भने कतिपयले विमति जनाउदै  नकारात्मक टिकाटिप्पणी सुरू भएका छन्।

टिकटक बन्द गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन सरकारसँग आग्रह गर्दै अधिवक्ता दुलाल टिकटक बन्द गर्नु संविधानकाे माैलिक हकमाथिकाे निर्मम प्रहार भएको भन्दै सरकारसँग अब अदालतमै भेट हुने वताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,’सरकारसँग अब अदालतमै भेट हुनेछ। कुनै पनि चिजकाे दुरूपयाेग हुनसक्छ । त्यसलाई नियमन गर्ने तरिका हुन्छन् । नकी बन्दै गरेर टण्टा साफ राज्यबाट हुनु हुँदैन प्रविधी राेकेर राेकिँदैन । यसकाे सदुपयाेग मार्फत विकास गर्ने हाे । सरकारले टिकटक बन्द गर्नु संविधानकाे माैलिक हकमाथिकाे निर्मम प्रहार हाे । जनताकाे सूचनाकाे हक, तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेकाे छ । यस बिषयमा कानुनी उपचार खाेज्ने मेराे प्रतिवद्धता छ ।

सर्वाेच्च अदालतमा तिहारपछि याे निवेदन लिएर प्रवेश गर्नेछु । सरकारले बुझ्नै पर्ने कुरा कुनै पनि प्रविधिमाथि नियमन गर्ने हाे निषेध हाेईन ।’

जगन्नाथ दुलाल
अधिवक्ता

आज विहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो।


प्रकाशित मिति: २७ कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?