Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

टिकटक बन्द विरूद्द अधिवक्ता दुलाल अदालत जाने


काठमाडौं। सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि कतिपयले टिकटक बन्द गर्ने सरकारको निर्णय स्वागतयोग्य भनेका छन् भने कतिपयले विमति जनाउदै  नकारात्मक टिकाटिप्पणी सुरू भएका छन्।

टिकटक बन्द गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन सरकारसँग आग्रह गर्दै अधिवक्ता दुलाल टिकटक बन्द गर्नु संविधानकाे माैलिक हकमाथिकाे निर्मम प्रहार भएको भन्दै सरकारसँग अब अदालतमै भेट हुने वताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,’सरकारसँग अब अदालतमै भेट हुनेछ। कुनै पनि चिजकाे दुरूपयाेग हुनसक्छ । त्यसलाई नियमन गर्ने तरिका हुन्छन् । नकी बन्दै गरेर टण्टा साफ राज्यबाट हुनु हुँदैन प्रविधी राेकेर राेकिँदैन । यसकाे सदुपयाेग मार्फत विकास गर्ने हाे । सरकारले टिकटक बन्द गर्नु संविधानकाे माैलिक हकमाथिकाे निर्मम प्रहार हाे । जनताकाे सूचनाकाे हक, तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेकाे छ । यस बिषयमा कानुनी उपचार खाेज्ने मेराे प्रतिवद्धता छ ।

सर्वाेच्च अदालतमा तिहारपछि याे निवेदन लिएर प्रवेश गर्नेछु । सरकारले बुझ्नै पर्ने कुरा कुनै पनि प्रविधिमाथि नियमन गर्ने हाे निषेध हाेईन ।’

जगन्नाथ दुलाल
अधिवक्ता

आज विहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो।


प्रकाशित मिति: २७ कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?