Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

‘हाची’को सयौँ जन्मदिन जापानमा मनाईयो


जापान । तपाईंहरूले ‘हाची’फिल्म हेर्नुभएको छ र कुकुर र मानिसबीचको आत्मीय सम्बन्ध झल्काउने यो फिल्म जापानको वास्तविक घटनामा आधारित फिल्म हो। सोहि हाचीको जापानमा सयौँ जन्मदिन मनाईएको छ । जापानको सिबुया रेल स्टेसनअगाडि एउटा कुकुरको सालिक छ। जापानी आकिता ब्रिडको यो कुकुर हाची वा हाचिको नामले संसारभर लोकप्रिय छ।

हाचीलाई सन् १९२४ युनिभर्सिटी अफ टोकियोका प्राध्यापक हिदेसाबुरा युनेओले करिब एक वर्षको हुँदा घर ल्याउँछन्। त्यसपछि प्रोफेसर र हाची एकअर्काका आत्मीय साथी बन्छन्। हाची प्रोफेसरलाई हरेक बिहान र साँझ सिबुया स्टेसनसम्म छोड्न र लिन जान्छ। घाम, पानी, जाडो केही परवाह नगरी सिबुया स्टेसन आउनु-जानु हाचीको दिनचर्याको अनिवार्य हिस्सा बन्छ।

सन् १९२५ मे २१ को दिन हरेक साँझजस्तै सिबुया स्टेसनमा प्रोफेसरलाई कुरिराखेको हुन्छ। रेल सधैंको समयमा त्यहाँ रोकिन्छ। तर प्रोफेसर आउँदैनन्। घन्टौं बितिसक्दा पनि प्रोफेसर नआएपछि हाची दुखी बन्छ तर कुर्न छाड्दैन। एक दिन, दुई दिन गर्दै महिनौं बित्छ। प्रोफेसर आउने आशामा हाची हरेक दिन पहिलाकै समयमा स्टेसन पुग्छ। दिन, महिना गर्दै वर्षौं बित्छ। सिबुया रेल स्टेसनअगाडि बनाइएको सालिक हाचीको त्यही प्रतीक्षाको प्रतीक हो। आ-आफ्ना मालिकप्रतिको उसको माया र वफादारिताको सम्मान हो।

 


प्रकाशित मिति: २६ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?