Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

‘हाची’को सयौँ जन्मदिन जापानमा मनाईयो


जापान । तपाईंहरूले ‘हाची’फिल्म हेर्नुभएको छ र कुकुर र मानिसबीचको आत्मीय सम्बन्ध झल्काउने यो फिल्म जापानको वास्तविक घटनामा आधारित फिल्म हो। सोहि हाचीको जापानमा सयौँ जन्मदिन मनाईएको छ । जापानको सिबुया रेल स्टेसनअगाडि एउटा कुकुरको सालिक छ। जापानी आकिता ब्रिडको यो कुकुर हाची वा हाचिको नामले संसारभर लोकप्रिय छ।

हाचीलाई सन् १९२४ युनिभर्सिटी अफ टोकियोका प्राध्यापक हिदेसाबुरा युनेओले करिब एक वर्षको हुँदा घर ल्याउँछन्। त्यसपछि प्रोफेसर र हाची एकअर्काका आत्मीय साथी बन्छन्। हाची प्रोफेसरलाई हरेक बिहान र साँझ सिबुया स्टेसनसम्म छोड्न र लिन जान्छ। घाम, पानी, जाडो केही परवाह नगरी सिबुया स्टेसन आउनु-जानु हाचीको दिनचर्याको अनिवार्य हिस्सा बन्छ।

सन् १९२५ मे २१ को दिन हरेक साँझजस्तै सिबुया स्टेसनमा प्रोफेसरलाई कुरिराखेको हुन्छ। रेल सधैंको समयमा त्यहाँ रोकिन्छ। तर प्रोफेसर आउँदैनन्। घन्टौं बितिसक्दा पनि प्रोफेसर नआएपछि हाची दुखी बन्छ तर कुर्न छाड्दैन। एक दिन, दुई दिन गर्दै महिनौं बित्छ। प्रोफेसर आउने आशामा हाची हरेक दिन पहिलाकै समयमा स्टेसन पुग्छ। दिन, महिना गर्दै वर्षौं बित्छ। सिबुया रेल स्टेसनअगाडि बनाइएको सालिक हाचीको त्यही प्रतीक्षाको प्रतीक हो। आ-आफ्ना मालिकप्रतिको उसको माया र वफादारिताको सम्मान हो।

 


प्रकाशित मिति: २६ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?