Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

विद्यालय तहमा साइबर शिक्षा अनिवार्य गरिनुपर्छः मन्त्री शर्मा


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्यालय तहमा साइबर शिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभएको छ । फूल्चोकी मावि गोदावरी १४ ललितपुरमा विद्यालयका संस्थापकहरुको सालिक अनावरण तथा स्मारिका विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले शिक्षामा सूचना प्रविधिको प्रयोग बढाउँदै यसको दुरुपयोगलाई निरुत्साहित गर्न साइबर शिक्षा दिन आवश्यक रहेको बताउनु भएको हो ।

सामाजिक सञ्जालको दुरुपयोग हुँदा साइबर बुलिङको आक्रमणमा सबैभन्दा बढी विद्यालय तहमा अध्ययनरत किशोरकिशोरी परेकाले पनि विद्यालय तहमै साइबर शिक्षा अनिवार्य बनाएर लैजानुपर्ने आवश्यकता देखिएको उहाँले स्पष्ट गर्नुभयोा । सामाजिक सञ्जालको प्रयोग कुलतको रुपमा हुन थालेको र यसबाट नयाँ पुस्तामा सामाजिक संस्कार हराउँदै गएकाले पनि हरेक बालबालिकालाई साइबर शिक्षा दिन आवश्यक रहेको मन्त्री शर्माको भनाई थियो ।

यसबारे शिक्षा मन्त्रालयसँग सहकार्य गरेर औपचारिक पाठ्यक्रम निर्माण गर्नेतिर आफूहरुले सोचिरहेको उल्लेख गर्दै उहाँले हरेक विद्यालयले पनि सिर्जनशीलता अपनाएर अतिरिक्त कोर्ष वा अतिरिक्त क्रियाकलापको रुपमा साइबर शिक्षा दिन आवश्यक रहेको बताउनुभयो । सरकारले साइबर सुरक्षालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति पनि केही समय अघि मात्र पारित भएको बताउनुभयो ।


प्रकाशित मिति: २६ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?