Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

विद्यालय तहमा साइबर शिक्षा अनिवार्य गरिनुपर्छः मन्त्री शर्मा


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्यालय तहमा साइबर शिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभएको छ । फूल्चोकी मावि गोदावरी १४ ललितपुरमा विद्यालयका संस्थापकहरुको सालिक अनावरण तथा स्मारिका विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले शिक्षामा सूचना प्रविधिको प्रयोग बढाउँदै यसको दुरुपयोगलाई निरुत्साहित गर्न साइबर शिक्षा दिन आवश्यक रहेको बताउनु भएको हो ।

सामाजिक सञ्जालको दुरुपयोग हुँदा साइबर बुलिङको आक्रमणमा सबैभन्दा बढी विद्यालय तहमा अध्ययनरत किशोरकिशोरी परेकाले पनि विद्यालय तहमै साइबर शिक्षा अनिवार्य बनाएर लैजानुपर्ने आवश्यकता देखिएको उहाँले स्पष्ट गर्नुभयोा । सामाजिक सञ्जालको प्रयोग कुलतको रुपमा हुन थालेको र यसबाट नयाँ पुस्तामा सामाजिक संस्कार हराउँदै गएकाले पनि हरेक बालबालिकालाई साइबर शिक्षा दिन आवश्यक रहेको मन्त्री शर्माको भनाई थियो ।

यसबारे शिक्षा मन्त्रालयसँग सहकार्य गरेर औपचारिक पाठ्यक्रम निर्माण गर्नेतिर आफूहरुले सोचिरहेको उल्लेख गर्दै उहाँले हरेक विद्यालयले पनि सिर्जनशीलता अपनाएर अतिरिक्त कोर्ष वा अतिरिक्त क्रियाकलापको रुपमा साइबर शिक्षा दिन आवश्यक रहेको बताउनुभयो । सरकारले साइबर सुरक्षालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति पनि केही समय अघि मात्र पारित भएको बताउनुभयो ।


प्रकाशित मिति: २६ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?