Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

महेन्द्रनगर बजार क्षेत्रका सडक विस्तार गरिँदै


पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिलाई कञ्चनपुरमा अगाडि बढाइएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत रु आठ करोड बजेटमा ठेक्का प्रक्रियामार्फत काम थालनी गरेको हो । यसका लागि माटो भरान गर्ने, कल्भर्ट बनाउने कार्य भइरहेको कार्यालयका सूचना अधिकारी पियुस चटौटले बताउनुभयो । उहाँका अनुसार महेन्द्रनगर बजार क्षेत्रको शिवमन्दिर अगाडिको क्षेत्रमा तीन किलोमिटर र झलारी क्षेत्रमा एक हजार दुई सय मिटर सडक स्तरोन्नति भइरहेको छ । सडक स्तरोन्नति सकिएसँगै कालोपत्रे गर्ने कार्य हुने सूचना अधिकारी चटौतले बताउनुभयो ।

“दश पाइप कल्भर्ट चौडा गर्ने अन्तिम चरणमा पुगेको छ”, उहाँले भन्नुभयो, “सडकको चौडाइ बढाएर चार लेनको बनाउनका लागि कार्य अगाडि बढेको छ ।” ट्राफिकको चाप बढी भएका ठाउँमा सडकमा एक÷एक लेन थप्ने कार्य भइरहेको उहाँको भनाइ छ । गत वर्ष सडक वोर्डबाट राजमार्गको भाँसी सडकखण्ड चौडा गर्ने कार्य गरिएको थियो । गड्डाचौकी, दैजी, सिसैयालगायत सडकखण्डमा सडक चौडा गर्ने कार्य यसअघि नै गरिएको छ । सडक चौडा गर्ने कार्यका लागि मुमताज कन्ट्रक्सन, जसलिङ्ग जेभी र कल्भर्ट चौडा गर्नका लागि मैनाचुली जेभीसँग ठेक्का सम्झौता गरिएको छ । पुराना ठेक्काबाट बचेको रकमबाट पुनःबोलपत्र आह्वान गरी सडक स्तरोन्नतिको कार्य अगाडि बढाइँदै आएको छ । चालु आवको असार मसान्तसम्म सडक र कल्भर्ट चौडा गर्ने कार्य पूरा गर्नका लागि समय सीमा निर्धारण गरिएको छ ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरका आठ निर्वाचन क्षेत्रमध्ये सात वटामा सडक निर्माणको कार्य गरी रहेको छ । “जग्गा प्राप्ति नहँुदा एक वटा निर्वाचन क्षेत्रमा सडक स्तरोन्नति कार्य अगाडि बढ्न सकेको छैन”, सडक डिभिजन कार्यालयका सूचना अधिकारी चटौतले भन्नुभयो, “बाँकी सातमा कार्य अगाडि बढेको छ ।” सडक स्तरोन्नतिको प्रगति हालसम्म १५ प्रतिशतसम्म छ । “दुई वर्षभित्रै सडक स्तरोन्नति गरी सक्नुपर्ने गरी ठेक्का प्रक्रियामार्फत काम भइरहेको छ”, उहाँले भन्नुभयो, “सातवटै सडक स्तरोन्नतिका लागि रु तीन करोड २० लाख बजेट विनियोजन गरिएको छ ।” सात वटै सडक आठदेखि १० किलोमिटरका रहेका छन ।


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?