Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

आगलागीमा वृद्धाको मृत्यु


२५ ,कात्तिक ,झापा । अर्जुनधारा नगरपालिका–१० मा आफ्नै घरमा राति भएको आगलागीमा परेर ७३ वर्षीया दिलकुमारी राईको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार राई दम्पती बसोबास गर्दै आएको कच्ची टाटी बेरा र टिनको छानो भएको घरमा शुक्रबार राति अचानक आगलागी भएको थियो ।

राति ८ बजेतिर आगलागी हुँदा वृद्धा दम्पती घरभित्रै थिए । आगलागीमा परी वृद्धा राईको घटनास्थलमै मृत्यु भयो भने उहाँका पति ७५ वर्षीय शिवकुमार राई गम्भीर घाइते भएको रिजालले जानकारी दिए ।

उनका अनुसार आगलागीको खबर पाएलगत्तै सालबारी अस्थायी प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुग्दा वृद्धाको मृत्यु भइसकेको थियो । घाइतेलाई उपचारका लागि शनिश्चरेस्थित अर्जुनधारा नगर अस्पतालमा भर्ना गरिएको छ ।

आगलागीका कारण थाहा हुन सकेको छैन । आगलागी घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाउको छ ।


प्रकाशित मिति: २५ कार्तिक २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?